नमस्कार । मेरो व्यक्तिगत व्लगमा तपाईंलाई
हार्दिक स्वागत छ । सिस्नुपानी नेपालको पहलमा शुरु गरिएको
हास्यव्यंग्यको सम्पुर्ण खुराक डामाडोल डटकमभित्र मेरो नीजि
बिचार सहितको व्लगकालागी स्थान दिनु भएकोमा संस्थाका सम्पुर्ण
मित्रहरुलाई धेरैधेरै धन्यवाद । त्यसैगरी इन्टरनेटको
महाजालभित्र छिरेर पनि मेरो व्लगसम्म आइपुग्नु भएका तपाईं
सम्पुर्ण यूजरहरुलाई पनि मुरीका मुरी धन्यवाद ।
हास्यव्यंग्य मेरो पेशा भएपनि म हरेक पेशा
समाजपयोगी हुनु पर्दछ भन्ने मान्यता राख्दछु ।
हास्यव्यंग्य लेखनको पनि बिद्यार्थी हुं । रंगमञ्च,रेडियो र
टि.भी.मा कार्यक्रम प्रश्तूत गर्दाभन्दा लेखनमा आफुलाई
सन्तुष्टी मिल्दछ । किनकी मञ्चनमाभन्दा लेखनमा आफु र पाठकबढि
सन्तुष्ट भएको आभास मिल्दछ । पत्रकारिता बिषयमा ग्र्याजुएसन
गरेपछि मैले अर्न्तकृया प्रकासनसंबद्ध भएर नवयुवा र मुल्यांकन
पत्रिकामा क्रियासिल रहेको छु ।
फुर्सदको क्षण मिलाएर मेरो यो व्यक्तिगत व्लगसम्म आइदिनु
भएकोमा पुनः एकपटक यहांहरुलाई मुरीका मुरी धन्यवाद ।
Date 1st May 2008
Vanue: Baharain, Middle
east
Programe: Magdi Night.
Organizar: magdi
Samaj-Baharain
Other artist: Khadga b.
Budha,Nar bahadur Bc etc.
u
Date: 22 February 2008
Vanue: Tansen,
palpa
Programe: Palpa
Mahotsav-2064
Organizar: Udyog Banijya
sangh, Parbat
Other artist: Badri
pageni, narayan rayamajhi,Kiran kc. etc.
u
Date: 16 February 2008
Venue: Kusma Bazar,
Parbat
Programe: Parbat Mahotsav
Organizar: Udyog Banijya
sangh, Parbat
Other artist: Bimal raj
chhetri,Sushma poudel ETc
u
Date:
6 February 2008 Vanue: Malaysia, kwalalumpur Programe:
Nepali Cultural show Organizar: Nepali youth in Malaysia Other artist: Bhagawan Bhandari,Jitu Nepal,Dilip Rayamajhi
Etc. u
Date: 24 Jan. 2008 Vanue:
Dang, Ghorahi Programe: Lotantrik
Culture show Organizer: Civil Society, Dang Other artist: Bhagawan Bhandari,Pokhreli people's Artists Etc.
u
Date:
jan 17,18,19, 2008
Vanue:
Gulmi, Ridhi Dobhan
Programme: 'Ridi ko Melaima'
Organizar: Ridi Festival Comitee.
Other Artists:Badri Pageni and More.
u
Date:
Jan 16, 2008
Vanue:
Chitawan,Tandi Bazar
Programme:
Tandi Mahotsab,Tandi
Organizar: Chember of Comorce,Tandi
Othe Artists: Milan Lama and more.
u
Date: Jan 5th 2008
Vanue:Butwal, Rupandehi
Programme: Industrial
Exibition-2064
Organizar: Uddyog Banijya sangh, butwal
Other Artist: Jitu Nepal, Sivahari & More
u
Date: Jan 4,2008
Vanue: Pokhara,City Hall
Programe:
'Shikher
Ramailo Sanjh'
Organizar:Key Advertisement PVT.ltd
Other Artist:Dipak Giri,Dipa,Jitu, Komal oli ctc
u
Date:
Jan 3,2008
Vanue:
Tanahu,Khairenitar
Programe:
'Shikher
Ramailo Sanjh'
Organizar: Key Advertisement PVT.ltd
Other Artist:Dipak Giri,Dipa,Jitu, Komal oli ctc
u
Date: 25th Dec 2007 Vanue: Hong Kong,Yeunlung
Theater Programme: "Worker's
Night-2007" Organizar: HK wprker's Union,HK Othe Artist: Khem Raj Gurung,Dambar Nepali and Others. u Date:
19 December 2007 Vanue: Pokhara,
Thulakhet village Programe:
Thulakhet
Mahotsab-2064 Organizar: People's forum, Pokhara Other Artist: Badri Pageni,Prajapati parajuli, krishana Bhandari,
Sushma Poudel
u मितिः भदौ १२ देखि २० गते सम्म स्थानः राष्ट्रिय सभागृह, काठमाण्डौ कार्यक्रम्रः
गाइजात्रा महोत्सब
-२०६४ आयोजकः हास्य कलाकार समहु साथीकलाकारः- दीपकराज गिरी, दीपाश्री , जितु नेपाल , सिताराम कटेल,
केदार घिमिरे आदी u मिति:
सेप्टेम्बर २३, २००७ स्थान:
सियोल, कोरिया कार्यक्रम:
चिनारी साझ“ आयोजक:
भोजपुर परिवार, कोरिया साथी कलाकार:
नारायण रायमाझी, कोमल ओली, भिषण मुकारुङ्, रेखा थापा आदी
u
मितिः:
२३ जुन २००७ स्थान:
न्यूयोर्क,
अमेरिका कार्यक्रम:
मदरल्याण्ड
नाइट आयोजक:
यस्एनडिएफ,
न्युयोर्क साथी
कलाकार:
शंभू
राइ, मौसमी
गुरुंग,
राजेश थापा
आदी
u मिति:
१७ जुन २००७ स्थान:
वासिंगटन
डिसि,
अमेरिका कार्यक्रम:
नाजान
सन्ध्या आयोजक:
अमेरिका नेपाल
पत्रकार
संघ साथी
कलाकार:
शंभू
राइ, मौसमी
गुरुंग, गोमा
संग्रौला
आदी
u मिति:१६
जुन २०७ स्थान:
टेक्सास,
अमेरिका कार्ष्क्रमः:
मनोज
गजुरेलसंग आयोजक:
नेपाली
समाज,
टेक्सासासाथी कलाकारहरु:
शंभू राइ,
मौसमी
गुरुंग आदी
u मिति: ९ जुन
२००७ स्थान: ओहायो
, अमेरिका कार्यक्रम:
नेपाली
नाइट वीथ
मनोज
गजुरेल आयोजक
नेपाली:
प्रगतीशील
समाज, ओहायो साथी
कलाकारहरु :स्थानीय
कलकारहरु u
मितिः ७ अप्रिल २००७ स्थानः हङ्कङ् कार्यक्रमः
रेसुङ्गा
साँझ अन्यकलाकारः कुवेर राई आदी आयोजकः गुल्मी समाज, हङ्कङॼ br>
u मितिः२३ मार्च २००७ स्थानः प्रज्ञा भवन, कमलादी कार्यक्रमः युवा साँझ अन्य कलाकारः बद्री पँगेनी,राजसाँमञ्च आदी आयोजकः प्रजातान्त्रिक राष्ट्रिय युवा संघ
u मितिः २५ मार्च २००७ स्थानः ताप्लेजुङ्, फुङ्लिङ् बजार कार्यक्रमः पाथिभारा महोत्सब अन्यकलाकारः
आयोजकः महोत्सब आयोजक
समिति u मितिः ४ मार्च २००७ स्थानः राष्ट्रिय सभागृह कार्यक्रमः सुम्निमा साँझ अन्य कलाकारः कुन्ती मोक्तान, रोजन राई आदी आयोजकः सुम्निमा कल्चर
एकेडेमी u मितिः २ मार्च २००७ स्थानः राष्ट्रिय सभागृह कार्यक्रमः लोकतान्त्रिक कलाकार अभिनन्दन अन्य कलाकारः बिपना थापा,न्न्दकृष्ण, बद्री, भगवान भण्डारी, जेवी टुहुरे
आदी आयोजकः शान्ती र लोकतन्त्रकालागी सांस्कृति अभियान
u मितिः २ मार्च २००७ स्थानः प्रज्ञा भवन, कमलादी, काठमाण्डौ कार्यक्रमः गणतान्त्रिक साँस्कृतिक साँझ अन्य कलाकारः रामेश, रायन, बद्री पँगेनी, नन्दकृष्ण जोशी आदी आयोजकः नागरिक आन्दोलन र नेपाल एफ.एम.
u मितिः १७ फेब्रुअरी २००७ स्थानः कोरिया, सिउल कार्यक्रमः स्मृति साँगितिक साँझ अन्य कलाकारः शम्भू राई, यस कुमार, बिष्णु खत्रि,
दुर्गा गुरुङ् आदी
u मितिः २१ जनवरी २००७ स्थानः जापान, टोकियो कार्यक्रमः एनसिजे साँझ अन्य कालकारः श्रीकृष्ण श्रेष्ठ, झरना थापा, यम बराल आदी आयोजकः नेपाली समाज जापान
u
तस्विर आफैं बोल्छ भनिन्छ । तर मेरो बिचारमा तस्विर बोल्नेमात्र हैन,
चिच्याउंछ । तस्विर जव चिच्याउंछ तब थप कुरा केही लेख्नै पर्दैन, पाठक
आफैंले सबै कुरा आफैं बुझ्दछन् । जस्तो कि यस अगाडीको व्लगमा मैले
हंगकंगको यात्रा स्मरण पछि लेख्नेछु भनेर केही तस्विरहरुमात्रै अपलोड
गरेको थिएं । महिनौंसम्म तस्विरहरुमात्र व्लगमा रहे, आर्टिकल आएन तरपनि
तपाईंहरुबाट स्मरण पनि अपलोड गर्न न कुनै आदेश आयो, न कुनै अनुरोध ,
गाली न विस्मात । यस्तो हुनुको पछाडी मैले के अर्थ लगाएंभने तस्विरलेपनि
सबैकुरा बताउंछ भने लेख्ने र पढ्ने झण्झट किन गर्नु - .....भनेर पनि
भन्न चाहान्न । हाहाहा....।
खासमा भएकोचाहीं के हो
भने भ्याइएन भन्या । हुन त अर्ल्बर्ट आइन्सटाइन,गौतमबुद्ध,कार्ल
र्माक्स,ओशो,राहुलहरुसंगपनि २४ घण्टा नै थियो तर उनीहरुले सबैकुरा
भ्याए,हामीचाहीं किन भ्याउंदैनौं होला, म मनमनै आफैंलाई धिक्कार्छु ।
उप्रान्त, म यो लेख्नेछु भनेर भन्नेछैन, लेख्नेमान्छेले भन्दैभन्दैनन्,
लेखेर देखाइदिन्छन्, कि कसो - बरु, यो पटक बिचको समयमा भएका यात्राका
केही तस्विरहरुचाहीं अपलोड गरेको छु । क्याप्सनपनि पढेर यसो कमेन्टचाहीं
पठाइदिनोस् है । माथीको उगोको च्याटमा अफलाई छोड्नु भएपनि हुन्छ ।
(हामी दाजु बैनी मिली गर्र्छौ घरको काम,मिरोज दादा हो अनि मेमोरी मेरो नामः जताततै हुने मिस एण्ड मिस्टर कन्टेष्टको सिको गर्दै फोटो सेसनमा दाजु बहिनी मिरोज गजुरेल र मेमोरी गजुरेल, साइनो भनिरहनु परोइन, मेरै हुन् क्या )
(प्वाक्क मुखमा हान्नुजस्तो अनुहार नभएपनि च्याप्प अंगालोमा बांधुजस्तोचाहीं पक्कै छन् हगी : पोखराको शिखर नाइटमा हास्यकलाकार शिवहरी पौडेलस“ग)
(हेलो, अहिले म नेपालको पेरिसबाट बोलिरहेको छु मदनपोखरामाथीको डांडो क्या रमाइलो छैन,
झन पछाडी पटि्टको तानसेनको त म के बखान गरौं, तपाईं नै गर्नोस् न । )
(हरियो डांडामाथी फोटो खिच्ने साथी, हो हो रामचन्द्र हो हो, हो हो सुष्मा हो हो, पाल्पामा गायक रामचन्द्र काफ्ले, पोखराकी हवनकली शुष्मा पौडेल र अन्य)
(सुन कथा एउटा गीत, हार हो कि मेरो जित, कस्तो साइनो बांधी ल्यायौ भन मेरो सानो मितः
मेरी अर्धांगिनी मीना र साथमा मेरी सानी साथी सुभाना पराजुली )
(भगवानलाई नजिस्काउनोस् है, ड्वाङ्ग टाउमा हानिदेलान् निः मलेसियाको सबैभन्दा ठूलो
हिन्दु मन्दिर बातु केभ अगाडी )
(आमामामा...कति ठूला मकैका घोघा.........भनेर भन्न मिलने, किनभने यो त क्वालालम्पुरमा रहेको सबैभन्दा अग्लो टुइन टावरको तस्विर हो ।)
(हिरा भनेका हिरै हुन् बाबै, हसाम्नीहरुले कहां सक्छन् र तपाईंहरुलाई आकर्सित गर्नःप्रख्यात नायक दिलिप रायमाझीसंग मलेसियाको
कार्यक्रममा राष्ट्रिय टोपीमा सजिंदा क्या मज्जा आएको थिएन । )
(यो संघीय गणतन्त्रको बेला हो यस, तिमीले छोएको पानीमात्रै हैन, अब सबथोक चल्छः
कर्नप्रिय गायक यसकुमारसंग मलेसियाकै एउटा कार्यक्रममा)
(भन्न त यसलाई लक्ष्मीको अवतार भन्दै मान्छेहरु पुज्दै थिए क्यारेः मलाई त यो गर्भिणी गाईको पेट भित्रै कुनै प्राबिधिक गडबडीले यस्तो भएझैं लाग्यो है
: नेपालगञ्ज महोत्सबमा प्रदर्सन कालागी राखिएको अ९ठो गाई ।
)
(अझैनी लोकतन्त्र आको छैन हैःदासढुंगामा रहेको मदन आश्रीतको शालिक अगाडी गायक बद्रि पंगेनी )
(माथीको मन्दिरपनि निस्कने गरि खिच है भनेको, आधामात्रै पो निकालि दिएछन् मलेसियाको प्रख्यात हिन्दु मन्दिर बातु केभ अगाडी गाउंले कुमार श्रेष्ठसंग)
(राम. राम..राम..यसको टुप्पामा पुगेर र्फकंदा त हामी दुबैको शरिर पेन्सिलजत्तिकै स्लिम पो हुन्छ जस्तो छः बातु केभको बिकराल भर्याङ्चढ्दै जनवादी गायक जिवन शमासंग
)
- हङ्गकङ्ग एक्सप्रेसमा लोकलको स्वाद-
हङ्गकङ्ग वकर्स युनियनको आयोजनमा सम्पन्न श्रमीक सा“झ'का लागी त्यहा“
जा“दा केही रमाइला अनुभव र अनुभुतीहरु यो पटक तपाईंस“ग साट्ने जमर्को
गरेको छु । त्यसको पहिलो किस्ता स्वरुप स्वीकार्नोस् केही तस्विरहरु:
(अलपत्रकार सम्मेलनमा आउंदै कमरेड माधव कुमार नेपाल)
(अलपत्र प्रश्नको अलपत्र उत्तर दिंदै कमरेड नेपाल-चुनवान थिएटर,हङ्गकङ्ग)
('अर्कैसंग बिहे गर्नेभए पनि गर, तर जाने बेलामा एक पटक भेट प्लिज'- डम्बर नेपाल, गायक)
(मै छोरी सुन्दरी कसरी भरौं पानी ? हङ्गकङ्ग आएर त बिर्सिएछ भन्या-मिस हङ्गकङ् ममिता गुरुङ् र अर्की कलाकार....नाम के पो श्रेष्ठ रे..ज्या भुसुक्कै बिर्सिएछु ।)
-अमेरिकामा एक चक्कर-दुइ-
डाक्टर इन्जिनियरको कलाप्रेमः
मेरो अर्को प्रहसन ‘एकादेशको कथा’मा राजासँग दर्शनभेट गर्ने एक दर्जन
कलाकारहरु तथा राजा प्रचण्डका बडिगार्डको रुपमा डाक्टर, इन्जिनियरहरु
पाउँदा म एकातिर दंग थिएँ भने अर्कातिर हामीलाई जोकर बनायो भन्लान् भनेर
चिन्तित पनि थिएँ। आइवामा बडिगार्डको रोल गर्ने टिचिङबाट डक्टरेड गरेका
डाक्टर साहब भन्दै थिएः “तपाईंको शो, जोकमात्र हैन, त्यसैले तपाईंसँग रोल
गर्नु खुशीको कुरो हो।”
जे होस्, ओहायोमा केही बहालवाला इन्जिनियर मित्रहरु, केही पीएचडी गर्दै
गरेका डाक्टरहरुदेखि न्यूयोर्क र टेक्सासमा प्रहसनमा भाग लिने समाजका
प्रतिष्ठितहरु नै थिए। डि.सी.मा राजासँग दर्शनभेट गर्नेको रोल गर्ने एक
पूर्व सांसद उम्मेदवारले भने “सरकार, म दुःख गरेर पैसा नेपाल पठाउँछु,
मेरो छोरोचाहिँ डिस्को गएर पैसा सिध्याउँछ रे, सम्झाइदिनु पर्यो सरकार”
जवाफमा म नक्कली सरकारबाट हुकुम भयोः “सक्ने भए त मेरै छोरोलाई सम्झाउँथे
नि।”
(आयोवामा नेपाली समाजका अगुवा इन्जिनियर राधेश पंडित र प्रचण्डका एडिसी
डाक्टर (रातोमा)
अमेरिकामा पनि सेक्युरिटी थ्रेट:
एकादेशको कथा अर्थात् शाही शासनमा राजालाई गरिने तथाकथित सम्मानको
क्यारिकेचर प्रस्तुति। न्यूयोर्कको एक हल, करिब एक हजार दर्शक। उद्घोषक
कलाकार तथा आयोजक शैलेश श्रेष्ठले भने “अब प्रस्तुत छ, एउटा विशेष
प्रस्तुति एकादेशको कथा ।
दर्शकदीर्घाको बीचबाट मंगोल फेसका एडीसी (मेख गुरुङ) को साथमा एकादेशका
राजाको प्रवेश। नेपथ्यमा गीत बज्छ। दर्शकदिर्घाको बीचमा पुगेपछि हलका
असली सुरक्षागार्डहरु हत्तपत्त कोही स्टेज छेउ पुगे, कोही वाकीटकीमा
कुरा गर्न थाले भने दुई जना कालो ड्रेसमा सजिएका काला गार्डहरु मलाई
साँच्चिकै घेरा हाल्न थाले। मैले ठानेँ “ज्या, कम्ब्याक्ट ड्रेसमा नाटक
गर्नु अमेरिकी कानुनको विपरीत रहेछ, जाक्ने भो आज।”
स्टेज चढ्नै लाग्दा एकजना सेक्युरिटीले गायक राजन राईलाई अंग्रेजीमा
सोध्योः “इज हि रियल अथोराइज्ड पर्सन ?”
जवाफमा उदयपुरे गायक राईले भनेः “नो, नो, इट्स वान्ली अ ड्रामा।”राजनको जवाफले वाल्ल परेका असली सेक्युरिटीहरु नक्कली सेक्युरिटीलाई
काँधमा धाप मारेर हाँस्दै बाटो तताए।
विशिष्ट दर्शक कमै कलाकारले पाउँछन्: संरासंघका सहायक महासचिव डा.
कुलचन्द्र गौतम र युनका लागि..आ मान्छे ठूलै भएपनि असल साहित्यकार हुन्
हैः मधुवन पौडेल
नाम एक काम अनेकः
अमेरिकामा हाम्रो दुई जना आयोजक थिए। दुबै जना टेक्सासमा बस्दथे। एकजनाको
नाम भीम अर्कोको पनि भीम। फरक केही पनि थिएन, दुबैको थर एउटै थियो-कार्की।
बिचरा मलाई फोनमा कुरा गर्दा आपत् पर्दथ्यो। एकजना भीमसँग अर्का भीमको
घरको कुरो भन्दो रहेछु, अर्को भीमसँग अर्कैको बिषयमा बोल्दो रहेछु। धन्न,
गोप्य केही थिएन र कुरो बिग्रिएन। पछि डालासमा शो भएको बेला थाहा भयो,
एकजना पत्रकार रहेछन्, अर्का प्लानर। एकजनाको घर बाग्लुङ्ग रहेछ, अर्काको
स्याङ्जा। मेरो साथी दीपकको दाइ र साहित्यिक व्यक्तित्व पनि भएका नाताले
स्याङ्जाली भीम कार्कीसँग सोधेँ: “दाइ, नाम जुधेर केही समस्या भएको छ कि
?” जवाफमा उनले भनेः “खासै अहिलेसम्म त परेको छैन, तर पनि बेलाबेला
अप्ठेरो महशुस हुँदो रहेछ।” मैले उनको अप्ठेरोलाई सजिलो बनाउँदै भनें
“तपाईँहरु त दुई जनाको मात्र सवाल रहेछ। ४ जनाको एउटै नाम हुँदा कस्तो
गाह्रो पर्छ। यसका अगाडि तपाईँको त कुनै ठूलो कुरो हैन नि।
उनले भनेः “त्यसो भयो भने त झन् कति गाह्रो होला हगि !”
मैले भनेँ “भए त हैन, भइसक्यो दाइ। एकपटक एमाले महासचिव माधव नेपाल बुटवल
गएका बेला कसैले स्थानीय पार्टी कार्यालयमा फोन गरेछः माधव नेपालजी कता ?
फोन उठाउनेले जवाफ दिएछः माधव नेपालजी माधव नेपाललाई लिएर माधव नेपालसँग
कुरा गर्न माधव नेपालकोमा जानु भएको छ। बिचरा फोन गर्ने मान्छे छक्क पर्दै
सोधेछः “के भन्नु भएको ?” फोन रिसिभ गर्नेको जवाफ थियोः “महासचिव माधव
नेपाल अखिलका विद्यार्थी नेता माधव नेपाललाई लिएर बीबीसीको संवाददाता
माधव नेपालसँग कुरा गर्न व्यवसायी माधव नेपालको होटल न्यू इरामा जानुभएको
छ।” मेरो कथा सुनेर स्याङ्जाली भीम बोलेः “माधव नेपालहरुका अगाडि भीम
कार्कीहरुको समस्या खासै ठूलो रहेनछ।”
(ओहायोमा आयोजकहरुको (अमृपाली परिवार कि नेमृकी !) परिवार, जहाँ प्रचण्डको जुँगा खसेको थियो)
प्रचण्डको जुँगा खस्यो:
ओहायोमा हवनकली शोमा बोल्दाबोल्दै प्रचण्डको जुंगा खस्यो। भयो के भने,
नेपालबाट लगेको जुंगा टाँस्ने गम न्यूयोर्कमै छुटेछ। प्रचण्डको
क्यारिकचेर त जसरी भए पनि गर्नैपर्ने नत्र दर्शकले आयोजकलाई बोतल हान्छन्
भनेपछि आयोजक एमटि शेर्पालाई जुँगा टास्ने गम ल्याइमागेँ। तर, त्यो गम
यस्तो कमसल रहेछ कि स्टेजमा बोल्न शुरु गरेको ५ मिनेटमै निस्कियो। सयौं
दर्शकको अगाडि प्रचण्डको जुंगा खस्दा कस्तो देखियो होला। मेरो
हास्यव्यङ्ग्य हास्यास्पद हुनपुग्यो। मैले हत्तपत्त वातावरणलाई
हास्यव्यङ्ग्यात्मक बनाउँदै प्रचण्ड मुद्रामा बोलेँ: “मने, अमेरिकी
साम्राज्यवादले वर्षौदेखि हाम्रो जुंगा उखेल्ने प्रयत्न गरेको स्थिति हो,
तर असफलता मात्रै हात लाग्यो। तर मने, अहिले हामीले जिमी कार्टरसँग हात
मिलाएको परिप्रेक्ष्यमा षड्यन्त्रपूर्वक रिमोट कन्ट्रोलद्वारा हाम्रो
जुंगा उखेलिएको छ। यसले पनि के पुष्टि गर्दछ भने अमेरिका हामीलाई खत्तम
गर्न चाहन्छ।” जवाफले दर्शकको हृदय छोएछ क्यारे, २ मिनेटसम्म हलमा तालीले
केही बोल्नै पाइएन ।
(स्वतन्त्रता हामी सबैको अधिकार होः मस्ट्याचु अफ गजुर्टी)
माइसंसारको रजाइँ
आयोजक युनाइटेड नेप्लिज डेमोक्रेटिक फ्रन्ट, न्यूयोर्कका अध्यक्ष टेक
गुरुङले म नेपालमा नै हुँदा फोनमा भन्नुभयो, “मनोजजी, तपाईंले संघीय
गणतन्त्रको विरोध गर्नुभएको छ भन्ने हल्ला आएको छ नि ?” छक्क पर्दै सोधें,
“ल, कसले भन्यो ? नचाहिने कुरो !” टेकजीले भन्नुभयोः “नेटतिर आएको छ रे।
मैले भनें “नेट र सेटको कुरो पनि पत्याउने हो ?” टेकजीको जवाफ आयोः “खै,
माइसंसार डटकममा नै छापिएको छ रे।” टेकजीको भनाईबाट यस्तो लाग्दथ्योः मानौं
माइसंसार अमेरिकामा बस्ने नेपालीहरुको विश्वसनीय समाचार माध्यम हो।
एक्रोन युनिभर्सिटीमा कार्यक्रम थियो। दर्शक मध्येका मोरङ्गे मित्र
लीलाराजा दाहालले सोधेः मनोजजी, एक्रोनमा पहिलो पटक हो ? मैले भनें
“हो,तर कसरी थाहा पाउनु भयो ? उनले भनेः “तपाईंका प्राय कार्यक्रमहरु त
माइसंसारमा मैले प्रायः हेरिसकेको थिएँ, त्यहींका केही चिजहरु यहाँ दिनु
भएको जस्तो लाग्यो।” मैले हल्का जवाफ दिएँ, “के गर्ने मित्र, गायक भएको
भए एउटै गीतले ५, ७ वर्ष खाइन्थ्यो, कमेडीमा महिनादिन अघिको विषय पनि
पुरानो भैदिन्छ, मैले क्यार्ने ? प्रत्युत्तरमा दुबैजना हाँस्यौँ”
न्यूयोर्कमा चितवन एकजना कम्प्युटर इन्जिनियर छन्, (ज्या,नामै
बर्गरसँग चपाएछु) उनले शो सकिएपछि भनेः मनोजजीलाई एउटा सुझाव दिउँ कि।
मैले भनेँ हाम्रा लागि सुझाव त करोडको सहयोग हो । उनले भनेः तपाईंको शोको
क्लिप्सहरु नेटमा हाल्न दिनु भएन। मैले भनेँ, नेट हेर्ने र स्टेजमा हेर्ने
दर्शकहरु त फरक हुन्छन् नि सर। उनको जवाफ थियोः माइसंसारमै राखेपछि त
तपाईंका २५ प्रतिशत दर्शक उम्किहाले नि । फोटोहरु मात्रै दिने अपलोड गर्ने
गर्नोस् । जवाफमा म केही बोलिंन, मनमनै सोच्न थालें, हो कि क्या हो ?
एक रात बोष्टनमा शुशिल दाहालको घरमा बास बस्न पुगेको थिएँ। सुत्ने
बेलामा उनले भनेः कान्तिपुर हेरौं है । मैले ठानें, साँच्चिकै कान्तिपुर
टिभी पनि कुनै माध्यमबाट आउँदो हो । हुन्छ, हेरौं न । उनले माउस चलाएर
एकैछिनमा भनें ल।
हैन, कुन कान्तिपुर हेर्दै हो ? उनले कम्प्युटरको स्क्रिनमा माइसंसारको
पेज देखाउँदै भनेः हाम्रो कान्तिपुर-गोर्खापत्र भनेकै माइसंसार डटकम हो
क्या । नजिकै बसेका उनका रुम पार्टनर इटहरी निवासी (ज्या फेरि नाम बीफसँगै
पचाएछु, सरी है भाइ) ले भनेः ल है मनोज मामा, नेपाल पुगेर माइसंसारमा
इटहरीको एउटा केटो
पनि भेटेको थिएँ भनेर लेखिदिनोस् है । मैले प्रत्युत्तरमा भनें “उमेशजीले
मलाई तलब दिएर राखेको भए पो लेख्नु। संगै बसिरहेका ताप्लेजुङका शुशिल
दाहालले भनेः पैसा चाहिने भए हामी छँदैछौं नि, बरु आन्दोलनमा जस्तै
सक्रिय भइरहनु रे चाहिं भनि दिनोस् न है ।
ल है, उमेशजी, ब्लगमात्रै हो, समाचार साइट हैन भनेर भन्न चाहिँ पाइएन
नि। यसो बुझ्दा तपाईंले ब्लग बीचैमा ब्लक गर्नु भयो भने करोडौं पाठकहरु त
भन्दिनँ,लाखौं चाहिँ साँच्चिकै निरास हुन्छन् नि। बरु आफ्नो साइटको
अवैतनिक राजदूत चाहिँ मलाई बनाए कसो होला भनेर भन्न चाहन्न। किनभने राजा
नै छन् कि छैनन् भइरहेको बेला राजदुत बनाए राजावादीको आरोप लाग्ला।
हाहाहाहा ।
आजका नेपाली बालक, भोलि ठूला बन्नेछन्, ठूला भई तिनले देशको सेवा
गर्नेछन्- तर कुन देशको ?
समग्रमा मलाई त अमेरिका अमेरिकाजस्तै लाग्यो। तर, लेखनाथ भण्डारीजी
भन्नुहुन्छः अमेरिका हैन, “आ..मरी खा” हो। हुनपनि मेरो माथिको
संस्मरणजस्तो रमाइलो मात्रै हैन अमेरिका, बाँकी थुप्रै कुरा छन्, तर अर्को
ब्लगमा। जदौ।
-अमेरिकामा एक चक्कर-एक-
आखिर अमेरिका पनि एक चक्कर मारेर आइयो। यही मे २६ तारिखका दिन थाइ
एयरवेजको बोइङबाट बैंकक पुगियो। त्यहाँ ५ घण्टाको ट्राञ्जिटपछि सोही
एयरवेजको जेटमा लगातार १७ घण्टा आकाशमा उडेपछि अमेरिकाको न्युयोर्क शहरमा
पुग्दा त्यहाँ बिहानको ६ बजेको थियो। न्यूयोर्कमा मोहिनी दिदीकोमा २ रात
बसेपछि भाइ विष्णुसँग भर्जिनिया गईयो। भर्जिनिया र डिसीनेपाल डटकमका
रामहरीजीसँग केही दिन घुमेपछि जुन ७ तारिखका दिन बाल्टिमोरबाट राइट
दाजुभाइको राज्य ओहाइयोमा एकल साँझ गर्न पुगें। पर्सिपल्ट अर्को राज्य
इलिनोइसको शिकागो हुँदै आइवामा कार्यक्रम भयो। आइवाबाट मेरिल्याण्ड,
मेरिल्याण्डबाट टेक्सास, टेक्सासबाट वासिङ्टन डि.सी.,डि.सी.बाट न्यूयोर्क
, न्यूयोर्कबाट बोष्टन र बोष्टनबाट पुनः न्यूयोर्क-युनाइटेड नेप्लिज
डेमोक्रेटिक फोरम सहितका संस्थाले आयोजन गरेका कार्यक्रममा भाग लिने काम
भयो-यति नै हो हाम्रो यात्रा। दुःख कति भए, सुख कति भए, ती सबै अनुभूतिको
कुरो रहेछ। फूलको आँखामा फूलै संसार भने झैं यस यात्राको रमाइला पाटाहरुको
मात्रै पोको खोल्न चाहन्छु।
आखिर अमेरिका पनि एक चक्कर मारेर आइयो।
यही मे २६ तारिखका दिन थाइ एयरवेजको बोइङबाट बैंकक पुगियो। त्यहाँ ५
घण्टाको ट्राञ्जिटपछि सोही एयरवेजको जेटमा लगातार १७ घण्टा आकाशमा उडेपछि
अमेरिकाको न्युयोर्क शहरमा पुग्दा त्यहाँ बिहानको ६ बजेको थियो।
न्यूयोर्कमा मोहिनी दिदीकोमा २ रात बसेपछि भाइ विष्णुसँग भर्जिनिया गईयो।
भर्जिनिया र डिसीनेपाल डटकमका रामहरीजीसँग केही दिन घुमेपछि जुन ७ तारिखका
दिन बाल्टिमोरबाट राइट दाजुभाइको राज्य ओहाइयोमा एकल साँझ गर्न पुगें।
पर्सिपल्ट अर्को राज्य इलिनोइसको शिकागो हुँदै आइवामा कार्यक्रम भयो।
आइवाबाट मेरिल्याण्ड, मेरिल्याण्डबाट टेक्सास, टेक्सासबाट वासिङ्टन
डि.सी.,डि.सी.बाट न्यूयोर्क , न्यूयोर्कबाट बोष्टन र बोष्टनबाट पुनः
न्यूयोर्क-युनाइटेड नेप्लिज डेमोक्रेटिक फोरम सहितका संस्थाले आयोजन गरेका
कार्यक्रममा भाग लिने काम भयो-यति नै हो हाम्रो यात्रा। दुःख कति भए, सुख
कति भए, ती सबै अनुभूतिको कुरो रहेछ। फूलको आँखामा फूलै संसार भने झैं यस
यात्राको रमाइला पाटाहरुको मात्रै पोको खोल्न चाहन्छु।
खै खै, म पनि हेरौं कस्तो रहेछ यो अमृका भन्ने मुलुक
सारंगाका अभावः
मेरिल्याण्ड राज्यको बाल्टिमोर शहर नेपाली कलाकारहरुको सेल्टर हो। यहाँ
बेलाबेलामा अन्य स्टेटमा बस्ने कलाकारहरु पनि आउने गर्दछन्। जस्तो कि निकै
टाढा रहेकी जल शाह पनि सारंगालाई भेट्न बाल्टिमोर आएको बेला कुमारी
रेष्टुरेण्टमा हाम्रो जम्काभेट भएको थियो। सारंगाले सुनाइन्: “दाइ,
हजुरहरुलाई नै भेट्न आएकी।”
मैले थपें “धन्यवाद।”
उनी थप बोलिन् “के छ त दाइ नेपालको खबर ?”
मैले जवाफ दिएँ “राम्री नायिकाहरु यता हिँडेपछि त हाम्रो पेशा बरबादै भयो
नि बहिनी।”
सारंगा झस्किइन् - “किन र दाइ”
मैले भनें “नायिकाहरु नै देशमा नभएपछि अब कसले नाइटो देखाउँछ र कसलाई
व्यङ्ग्य गर्नु।”
जवाफमा सरल सारंगा खित्का छोडेर हाँस्न थालिन्।
जल बस्ने शहरः
पहिलेभन्दा धेरै परिपक्व देखिएकी जल शाहलाई गायक शम्भु राईले सोधे “अनि,
बहिनी बसाइ चाहिँ कता हो ? मैले अघि नै थाहा पाइसकेको थिएँ।” जललाई
ओभरटेक गर्दै मैले जवाफ दिएँ- “जलजी उता बस्नु हुन्छ दाइ।”
शम्भू दाइले थपेः “उता कता ?”
मैले पुनः भनें “उता क्या उता।”
राई रनभूल्लमा परेपछि जल जंगिइन् “छ्या कस्तो ठट्टा गर्नु भएको मनोजजी पनि।”
अनि शम्भु राईतिर फर्किएर प्रष्ट पारिन् “दाइ, म Utah भन्ने ठाउँमा बस्छु,
जुन सल्टलेक सिटीमा पर्दछ।”
मैले भनें “जलजी, लेख्दा पो Utah हुन्छ त, बोल्दा त उता (उताह) नै हो
नि।”
मेरो दोश्रो रियल जोक पनि सफल भयो, सबैजना गलल्ल हास्यौँ ।
त्यता भन्दा त यता पो गज्जब छ जस्तो छ
बा
पूजा-करिस्माको झ्यालः
एक साँझ प्रेमराजा महतको घरमा बास बसेर उनीसँगै गाडीमा फर्कँदै थियौँ।
बाटोमा एउटा घरतिर संकेत गर्दै उनले भनेः “मनोजजी, हाम्रा दुई नायिकाहरु
उ…त्यही घरमा बस्छन् है।”
मैले सोधेँ- “को को दाइ ?”
प्रेमराजा बोलेः “पूजा र करिस्मा।”
चिटिक्क परेको घरतिर आँखा डुलाउँदै सोधेँ “यत्रो ठूलो घरमा दुई जनामात्रै
बस्छन् त ?”
महतको जवाफ आयोः “सिंगै घरमा हैन, उ त्यहाँ दुइवटा झ्याल ह्वाङ्गै (खुल्लै)
छन् नि, हो त्यही हो हाम्रा नायिकाहरुको अपार्ट।”दोश्रो तलामा खुल्लै
रहेका दुई झ्यालतिर हेर्दै मैले जवाफ दिएँ- “जे होस्, हाम्रा नायिकाहरुको
झ्याल पनि खुल्लै रहेछ, खुशी लाग्यो।” जवाफमा हामीसँगै बसेका यमन श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ स्टाइलमा फिस्स हाँसे।
मेरील्याण्डका राजावादीहरुः
बाल्टिमोरस्थित हिमालयन हाउस नेपालीहरुको जङ्सन हो। एंकर रवि लामिछाने पनि
त्यहीँ भेटिए। कानमा ब्लु टुथ (फोन रिसिभ गर्ने कर्णयन्त्र) झुण्डाएका
रविसँग मैले ठट्टा गर्दै सोधें- रविजी कानमा मेसिन जोड्नु भएछ, के कानको
समस्या हो ? सेन्स अफ ह्यूमर प्रशस्त भएका रविले तुरुन्तै जवाफ फर्काएः
कानको हैन, कामको समस्या हो सर। बोसले कुन बेला बोलाउँछ,थाहा हुन्न। फोन
कानमा नझुण्डाए त जागीर चट्।
मैले मुसुक्क हाँस्दै सोधें शाही शासनमा राजाको पक्षमा जुलुस लगाउने मध्य
एक हो रे, के तपाईं अझै राजावादी नै हो ? रवि बोलेः हो, म सधैं राजावादी
हो।
मैले भनेँ- नेपालमा काम छैन राजाबादीको। उही बाल्टिमोरमा प्रेमराजावादी
भए मात्रै।रविले हाँस्दै भनेः हो, सर मैलेपनि त्यही प्रेमराजावादी हुँ
भनेको, मिडियाले बेकारमा के के भनेर छापिदिएछन्।
दुबैजना गलल्ल हाँस्यौं।
मेरिल्याण्ड हैन, मदरल्याण्ड हो हाम्रो
शोको नाम
मेरो पनि डुप्लिकेटः
दुनियाँको डुप्लिकेट गर्ने म, मेरै डुप्लिकेट निस्किएको सुनेर म
जिल्लाराम परेँ। बुधबार निस्कने एउटा चर्चित पत्रिकाले छापेछः मनोज
गजुरेलले भने अनुसार रोशन गुरुङ अमेरिकामा बेपत्ता भए। अर्को रुममा
सुतिरहेका रोशनले यो समाचार नेटमा पढेपछि थाहा पाएछन् र मलाई फोन गरेः
“के हो सर, तपाईंले त म हराएको समाचार दिनु भएछ।म झसंग भएँ। पहिलो कुरा,
रोशन, म, शम्भु राई, मौसमी गुरुङ् १५ दिनदेखि सँगै शो गर्दै हिँडिरहेका
छौं। दोश्रो कुरा अमेरिकाबाट घरमा फोन गर्न त सोच्नु पर्नेमा पत्रिकालाई
फोन गरेर गलत खबर दिने कुरै भएन। तेश्रो कुरो, म आफैंले संयोजन गरेर
बोलाएको रोशन गुरुङ जो हामीसँगै सबै कुरा भन्दा नि पैसै ठूलो छ भनेर
गाउँदै हिडिरहेको छ, उ हरायो भन्नलाई के मलाई बौलाहा कुकुरले टोकेको छ र
?
मैले रोशनलाई भनें यसो होला, रोशन म दुनियाँको डुप्लिकेट गर्दै हिँड्ने
मान्छे, अब मेरो पनि कोही डुप्लिकेट निस्किएर फोन गर्यो होला।सँगै रहेका
गायक शम्भु राई तथा युएनडिएफका अध्यक्ष टेक गुरुङलाई खुब चित्त बुझेछ
क्यारे, खित्का छोड्दै बोलेः “अब बितायो नक्कली मनोजले सक्कलीलाई। मैलें
भनें खै समाचार नक्कली हो कि मनोज नक्कली, बुझ्नेले बुझिहाल्छन् नि।”
ओर्जिनल रोशन गुरुङ् त्यतीबेला शोमा गीत गाउँदै, नेपालमा बेपत्ता
भएको खबर आथ्यो
थरिथरिका हवनकलीहरुः
सर्वाधिक माग भएको आफ्नो कमेडी द हवनकली शोको बारेमा मलाई धेरै चिन्ता
थियो। ६ वटा शो, फरक फरक स्टेटमा। नेपालबाट हवनकली लैजाने कुरो भएन,
आयोजकलाई डलरको सवाल थियो। तर, जहाँ इच्छा, त्यहाँ उपाय भने झैं
विभिन्न स्टेटमा भिन्नभिन्न हवनकलीहरु भेटिए, जो कला र क्षमता दुबैले
पोख्त थिए। डि.सी.की हवनकली गोमा संग्रौलाले प्रचण्डलाई बोलाउनु पहिले
दर्शकदिर्घामा बसेका प्रेमराजालाई संकेत गर्दै भनिन्- “सबै हिरोनीहरु
किन बाल्टिमोर आम्छन् भनेको त पिरेमका राजा रैच्छन र पो” भन्दा दर्शक र
प्रेमराजा भुतुक्कै भएका थिए।
टेक्सासकी हवनकली सविता भण्डारी देखी न्यूयोर्ककी हवनकली बुटवलकी
बिद्यार्थी सृजना खरेलले मेरो शोमा जोडदार अभिनय गरेर कार्यक्रमलाई
उचाइमा पुर्याउन सघाएका थिए। ८ महिनाअघि मात्र अमेरिका पुगेकी र पहिलो
पटक स्टेजमा उत्रिएकी सृजनाको “हवनकारिता” हेरेर दंग परेका दर्शक सोध्दै
थिएः “हवनकली साँच्चीकै गुल्मीबाटै ल्याउनु भएको हो कि क्या हो ?”
जवाफमा मैले भनें “अवसर पाए अमेरिकामै हामीभन्दा प्रतिभाशाली कलाकारहरु
छन् नि। तर के गर्नु डलरको सवाल छ”
उता बोष्टन र ओहायो र आइवामा मरिगए हवनकली भेटिएनन्। भेटिएका एक दुई जना
पनि अंग्रेजी मिश्रीत नेपालीमा ओ नो भन्दै भागेका थिए। अन्ततः
हवनकलेहरुले पनि काम चलाइयो। अनिलले बोष्टनमा, (ज्या..नामै बिर्सिएछु)ले
आइवामा तथा इन्जिनियर गोविन्द पौडेलले ओहाइयोमा क्रमसः हवनकलोको भूमिका
गरेका थिए। आखिर खाने मुखलाई जुँगाले छेक्दैन क्यारे।
न्यूयोर्ककी हवनकली सृजनालाई म नक्कली प्रचण्डको स्पष्टिकरण
इ-रिहर्सलः
अमेरिकामा सबै थोक महंगो भन्छन्। तर मलाई त सबैभन्दा महंगो भनेको नै
समय लाग्यो। एक घण्टापछि शो छ, अहिलेसम्म रिर्हसल भएको छैन। पहिलो शोमा
यो टेन्सन भोगेपनि मैले बाँकी शोहरुका लागी इ-रिहर्सलको प्रयोग गरें,
जुन निकै प्रभावकारी भयो। डि.सी.की गोमासँग मोबाइलमा रिर्ससल गरेका भरमा
शो सफल भयो भयो भने टेक्सासकी सवितासँग इमेलबाट रिर्हसल भयो।
धरोधर्म, डि.सींकी हवनकली गोमा संग्रौलासँग मोबाइलमा रिहर्सल गरेको हो
न्यूयोर्ककी सृजनासँग याहु भ्वाइस मेसेन्जरमा ३ घण्टा रिहर्सल गरेका
भरमा न्यूयोर्क शो हिट भयो भने ओहायोमा गोविन्दजीसँग नेटमा स्कृप्ट
पढेरै रिर्हसल भयो भने वोष्टनमा अनिलसँग खाना खाँदाखाँदै रिर्हसल भयो।
अमेरिकाजस्तो प्रबिधिसम्पन्न मुलुकमा पनि रिहर्सलका लागी प्रत्यक्ष
भेटघाट गर्नु पर्छ र। जे, होस्, कामपुत्र (कम्यूटरको मनोजाइजेशन नाम)को
महत्व हास्यव्यंग्यमा पनि त्यतिकै रहेछ, रह्यो र रहनेछ भन्ने मलाई
लाग्दछ। कि कसो ?