|
|
►
Bishesh |
By: मनोज गजुरेल |
जन आन्दोलनको दोषी को ?जन आन्दोलन २ को दोषीमाथी छानबिन गर्न गठन भएको आयोगका आयुक्त र शाहीमन्त्रीहरु बिच सवाल जवाफ चलिरहेको थियो । आयोगले जजस्लाई आन्दोलन दबाउने बिषयबारे सोधेपनि सबैको उत्तर रहने गर्दथ्यो:'हजुर, यसमा मेरो केही दोष छैन, यो सबै माथीको आदशेले यसो गर्नुपरेको हो । सिपाहीलाई सोध्यो-'माथिको आदेश', हाकिमलाई सोध्यो-'माथिको आदेश', मन्त्रीलाई सोध्यो-'माथीको आदेशको ।' हैरान भएर आयोगका अध्यक्षले अर्का अभियुक्तलाई आफैं छानविन शुरु गरे:
अध्यक्षः माथी...माथी...माथी, आखीर यो 'माथी' भनेको कहा ! टाउको ?
उत्तरः हैन, हजुर, त्यो भन्दा पनि माथी ।
अध्यक्षः टाउकोभन्दा पनि माथी ! टुपीको आदेश ?
उत्तरः टुप्पीजस्तै, तर ठ्याक्कै टुपी चाहीँ हैन ?
अध्यक्षः संबिधान ?
उत्तरः त्योभन्दा पनि माथीको आदेश हजुर ।
अध्यक्षः संबिधानभन्दा पनि माथीको आदेश...भनेपछि राजा ?
उत्तरः हैन, हजुर, त्यो भन्दा पनि माथी ।
अध्यक्षः राजाभन्दा पनि माथी....ए... पशुपति नाथ ?
उत्तरः पशुपतिनाथभन्दा पनि माथीको आदेश ।
अध्यक्षः पशुपतिनाथ भन्दापनि पनि माथी को छ यार ?
उत्तरः पशुपतिनाथको मन्दिरभन्दापनि माथी को बस्छ हजुर, बाँदर !!
(अन्ततः आयोगका कर्मचारीहरु यो निचोडमा पुगे कि आन्दोलन दबाउन आदेशदिने बाँदर रहेछ, बाँदरलाई कारवाही गर्नु पशु अधिकारको उलंघन हो । त्यसैकारणले होः जन आन्दोलनका दोषीमाथी कारवाही भएको छैन ।)
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
bibek writes: Posted on 12/23/2007 | | very nice !!! |
| letmefren@gmail.com writes: Posted on 12/20/2007 | | When i read it, i fell that this is the only reason for not punish to them... They must be punished this is the voice of all nepalies who love nepal and nepalies people.. |
| Ishwor Devkota writes: Posted on 12/20/2007 | | २१ औ सताब्दिको जनता पो त जुंगा चले कुरा बुज्छौ है ।गृह मंत्री ज्युले तराइको आगो निभाउन त सक्नु भयेन मात्र अर्को हिउद जान लागेको हो। यो जाडो पनी तापेरै बिताउने सुर छ कि कसो भगवान जानुन !@?!* |
|
|
|
|
|
|
|
|