|
|
►
Bishesh |
By: Suresh Kiran |
राजासहितको गणतन्त्र साल दलले हालै गरेको सम्झौताअनुसार अब देशमा नयाँ खाले स्थिति पैदा भएको छ। सम्झौतामा वास्तवमा नयाँ भन्नलायक कुनै कुरा छ भने यसले जन्माएको यही नयाँ स्थिति मात्रै हो। सम्झौतामा नेपाललाई गणतन्त्र पनि भनिएको छ, र राजाको अस्तित्व पनि स्वीकार गरिएको छ। अतः अब मुलुक राजा पनि भएको र गणतन्त्र पनि भएको नयाँ चरणमा प्रवेश गरेको छ।
राजा रहेर पनि गणतन्त्र घोषित भएको नेपाल नै विश्वको पहिलो र एउटै मात्र देश हुनुपर्छ। एकातिर देशलाई गणतन्त्र भनिएको छ, अर्कोतिर राजाले के के गर्न पाइन्छ र के के गर्न पाइँदैन भनेर सूची पनि बनाइएको छ। दुवैको अस्तित्व यसमा छ। यसलाई राजासहितको गणतन्त्र भन्ने अथवा गणतन्त्रसहितको राजा भन्ने, विज्ञहरुले नै छुट्याउन्।
त्यसमा राजालाई तर्साउन अर्को एउटा बुँदा पनि राखिएको छ– यदि राजाले संविधानसभाको चुनाव नगराउने चाल चलेको थाहा पाइएमा त्यसलाई चुनावअगावै हटाउन सकिने। राजालाई तर्साउन यतिसम्म भन्दा त ठीकै हो। तर, यो संविधानसभाको चुनाव जो छ, यसअघि तीनचोटि मिति घोषणा भएर पनि नहुने अवस्था सिर्जना भइसकेको पनि हामी सबैलाई थाहा छ। पहिलो मितिमा चुनाव भएन सात दलको कारणले। दोश्रो मितिमा चुनाव भएन प्रधानमन्त्रीको कारणले। र, तेश्रो मितिमा चुनाव भएन माओवादीको कारणले। राजाको कारणले चुनाव नभएको भन्ने त कतै पनि देखिएन।
अतः संविधानसभाको चुनाव नगराउने राजा होइन यिनै सात दल हुन् भन्ने कुरा त यहींनेर देखियो नि! चुनाव नगराउने आफू, अनि राजाले चुनाव गराएन भने ठीक पार्छु भनेर धारे हात लगाउने? त्यसैले राजा मात्र किन, अब चुनाव नगराउने कोशिश जोसुकैले गरे पनि त्यसलाई ठीक पार्छौं भन्ने बुँदा पो अन्तरिम संविधानमा राख्नुपर्ने हो कि!
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
SUJAN PRADHAN writes: Posted on 4/8/2010 | | Hi , Bro Yo Lekh Ta Malai Ewam Hamro Sabai Pariwar Haru Lai Ek Dum Ramro Laagyo. Tapai le AaheleKo Samay Sachhep Sandarv ma Hamro Desh Ka E Neta Bhanauda Haro Lea Yo Desh Ko Baare Shochne Bhitri Kura LekhNu Bhayeko Ma Bhitri Hriday Baath Muri Muri Dhanyabad Chha. |
| chakra prasad dhungana writes: Posted on 7/30/2009 | | hi bro daro lekhiyo chha ni |
| ANIL SHAHI writes: Posted on 12/28/2007 | | malai aakdam ramro lagyo yo lakh. aafno ang ma bhaisi nadkhani aaruko ang ma jumra dakhne yo neata bhanya bajya haru lai jati gali garapani kam cha.kahali kahi gali garda pani aafu lai laaj lagar aaucha. |
|
|
|
|
|
|
|
|