|
|
►
Bishesh |
By: डामाडोल डेष्क |
नाङ्गो नाचकमरेड वामदेव गौतम गृहमन्त्री भएदेखि देशमा 'वाम शासन' सुरु भएको छ । त्यसको पहिलो मारमा परेका छन्, रात्रिकालीन डान्स रेस्टुरा“हरू । त्यसमा पनि जुनजुन रेस्टुरा“हरूमा नाङ्गो नाच देखाइने गरिएको हो, ती जम्मै बन्द गर्ने र्सार्वजनिक घोषणाका साथै कारबाही पनि थालिएको छ ।
यसबाट ठूलो सङ्कटमा परेका छन् मेरा मित्र भजनलाल । भजनलाल न डान्स रेस्टुरा“का मालिक हुन्, न डान्सर । उनी हुन्, डान्स रेस्टुरा“का एक नियमित ग्रँहक । रातभरि डान्स रेस्टुरा“हरूमा गई नाङ्गो नाच हेर्नु उनको रातचर्या नै भइसकेको छ । अब नाङ्गो नाच बन्दको घोषणाले उनको रात्रिजीवनमाथि नै हस्तक्षेप हुन गएको छ । भन्छन्, "कसैको जीवनमाथि नै हस्तक्षेप गर्ने अधिकार सरकारलाई छैन ।"
भजनले आफ्नो समस्या कुनै साथीलाई सुनाएछ, "म त बर्बाद भए“ यार, नाङ्गो नाच हर्ेन नपाएपछि मेरो पूरा जीवनशैली नै खलबलिने भयो । अब म के गर्ने ?"
साथीचाहि“ले सोध्यो, "के तिमीलाई नाङ्गो नाच हेर्नैपर्ने ?"
"हेर्नैपर्ने । नभए त मलाई न न्रि्रा लाग्छ, न भोक !"
"त्यसो भए एउटा उपाय छ ।"
"के उपाय , छिटो भन न !"
"सिंहदरबार जाऔ“ ।"
"सिंहदरबार !"
"अथवा, बालुवाटार गए पनि हुन्छ । नभए बल्खु र सानेपातिर गए पनि हुन्छ ।" "किन ? त्यहा! किन जाने ?""नाङ्गो नाच हेर्ने । यी ठाउहरूमा जति ठूलो नाङ्गो नाच देशमा अरू कहा“ हुन्छ र !"
Author in brief |
|
|
|
|
|
|
|
|
|
|