|
|
►
Bishesh |
By: डामाडोल डेष्क |
एमाले- सुपारी समुहको अपिल !रेट कम भएका 'कमरेट'हरु,
हार-दिक्क अभिवादन !
तपाईहरुलाई थाहा छ, हाम्रो यो महाधिवेसन अलैचीं र सुपारीबिचको लडाइ हो । सुपारी झापाजस्तो सुगम ठाउंमा फल्दछ भने अलैचीं इलामजस्तो दुर्गम स्थानमा उम्रिन्छ । तपाईंहरुले निर्णयलिने बेला आएको छ , दुर्गमको अलैंची की सुगमको सुपारी - सुपारीको रुख खिरिलो, सुरिलो हुन्छ, अलैंची झांगिएको, मोटोघाटो देखिन्छ । त्यसैले तपाईंहरुले मत जाहेर गर्ने अवसर प्राप्त भएको छ, स्लिम सुपारीको पक्षमा लाग्ने कि मोटो तथा भद्धा अलैंचीको बोटको पक्षमा !
(Photo तानतुन माईसंसार.Com)
कमरेटहरु,
यहां इलामको अलैंचीलाई क्रान्तीकारी र झापाको सुपारीलाई यथास्थितिवादीको रुपमा बिश्लेषण गर्न खोजिएको छ । अचेत कमरेटहरुले बुझ्नु पर्ने बेला भएको छ, महंगो अलैंची भन्दा सस्तो सुपारी अहिलेको माग हो । उत्तिसका रुख र खोल्साखोल्सीको सहारामा उब्जाउ हुने अलैंचीभन्दा पानीबिनापनि एक्लै ठिंग उभिन सक्ने सुपारीको महत्व यहांहरुले बुझ्नु जरुरी छ । ज्ञात रहोस्, हाम्रो अभियान राजनीतिक कम, प्राकृतिक बढ्ता हो, झापाको सुपारी सही कि इलामको अलैंची असल भन्नेहरुबिचको बिवाद हो ।
कमरेटहरु,
भोजमा, मोजमा, बिहेमा, दिएमा सुपारी सजिलै उपलब्ध हुने चिज हो । यसले धनी गरिब भन्दैन, कांग्रेस, कम्युनिष्ट मान्दैन । सहजै प्याच्च सबैका मुखमा पसिदिन्छ । किशुनजीको पसन्दको खुराकपनि पान-सुपारी नै हो । भारतीय संस्कृतिमा पान सुपारीको कति महत्व र महिमा छ भन्ने कुरा मैले भनि रहनु पर्दैन । लालु यादवदेखी सडकसम्मका नागरिकहरु सुपारी मन पराउंछन् । सुपारी सस्तो र बलियो हुन्छ । अलैंची महंगो र कमलो हुन्छ । क्रान्तीकारीहरु कडा र दह्रो हुनर्ुपर्छ, त्यसैले तपाईंको रोजाई इलामको कमलो अलैंची हैन, झापाको कडा सुपारी नै हुनेछ भन्ने मैले बिश्वास लिएको छु ।
कमरेटहरु, अलैंचीको स्वतन्त्र सिद्धान्त नै छैन, किनभने यो एउटा मसलामात्र हो । मसलालाई जहिल्यै अरुको साथ चाहिन्छ । सुपारी कांचै खाएपनि भयो, भुटेर खाएपनि भयो, सिंगै टोके पनि भयो, एक मुटी बोके पनि भयो । तपाईंहरु महंगो अलैंचीको पक्षमा लागेर पार्टीलाई कंगाल, कार्यकर्तालाई हरिकंगाल र देशलाई जंगल बनाउनतिर लाग्नुहुन्न । सुपारी रोपे भारततिर निकासी गर्न सकिन्छ, किनभने त्यहां पानको महत्व निकै छ । अलैंची रोपे त्यहीं कुहिएर सडिन्छ, किनभने महंगोचिजको कहिंपनि मार्केट छैन, मार्केट भएपनि इलामबाट इन्डियासम्म लैजाने सहज बाटो छैन । उसैपनि अहिले डिजिटलको जमाना छ । सुपारी डिजिटल नेचरको छ, किनभने यो जसलेपनि प्रयोग गर्न सक्छ । अलैंची मोनोलग नेचरको छ, यसकारण कि यो जहांपनि र जसलेपनि प्रयोग गर्न असंभव छ ।
अन्त्यमा,
हाम्रो 'गौरवशाली' इतिहास, 'गौरवगाली' वर्तमान र 'गौरवगाली' भविश्यकालागी हामीले अलैंचीको घोर बिरोध र सुपारीको सहज र्समर्थन गर्नु जरुरी छ । देशलाई सुपारी, पार्टीलाई पान पसल, कार्यकर्तालाई पान पसले र जनतालाई पानको ग्राहक बनाउन तपाईंले सुपारीको पक्षमा मतदान गर्नु हुनेछ भन्ने हामीले आशा लिएका छौं । क्रान्तीकारी पान सलाम ।
सुपारी अभिवादनकासाथ
कमरेट पानप्रसाद
Author in brief |
|
|
|
|
|
|
|
|
|
|