खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


'कु' पुराण

>
अहिले देशमा सबैजना 'रे'को पछाडी दौडिरहेका छन् । 'कु हुन्छ रे', 'नहुने भो रे', 'होला होला जस्तो छ रे ।' 'झण्डै भएको रे', 'झण्डै नभएको रे ।' यस्तो लाग्छ, यो 'रे'को रोग 'स्वाइन फ्लु'भन्दा खतरनाक छ । कुनैपनि बेला संसारभरी फैलिन सक्छ । त्यसैले बेलैमा यसको निदान हुन जरुरी देखिएकोले 'रे'को निदानकालागी 'कु' को अपरेसन गर्ने प्रयास गर्दैछु ।

अंग्रेजीको Coup नेपालसम्म आइपुग्दा 'कु'मात्रै बा“की रह्यो । सैनिक विद्रोहलाई जनाउने Coup हाम्रो मुखमा परेपछि रेडियो, टि.भी., कोट, मोबाइलजस्तै गोर्खाली शब्द हुनपुगेको हो । हामीहरु अरु शब्द उच्चारण गर्न नसकेपनि 'कु'चाहीं यति सजिलै गर्दछौं कि यो भारतवर्षका भाषाहरुको मातृभाषा संस्कृतको 'कुकर्म'बाटै आएको हो जस्तो लाग्छ ।

यति भनेपछि 'कु' शब्दको र्सवाधिकार नेपाली शब्दकोशमै भएपछि हामीले प्रष्ट भन्न सक्छौं- देशमा 'कु' हुनसक्ने हैन, भइ नै सकेको छ । देशले सहिबाटो समात्न नसकेको 'कु' कारणले हो । कुत्सित मनसायले मानिसहरु काम गर्छन् । कुकर्म गर्नेहरु यत्रतत्र पाइन्छन् । कुलंघारहरु कुकर्ममा क्रियासिल छन् । कुटनीतिका कुपात्रहरु क्रियासिल हुदा कसैले कन्ट्रोल गर्दैन । कुत्सित मनसायले काम गर्ने कामचोरहरुले कब्जा जमाएकैछन् । कुपमण्डुकहरुले जनतालाई वेवकुफ बनाइ रहेकैछन् । मेरो बिचारमा त 'कु' हुदैछ हैन, यो दुरावस्ता 'कु'कै कारण आएको हो ।

कमाण्डरको कुशल कलाको कमीले देश कुहिरो कुहिरोको काग भएको छ । क्रान्तीका कथा कथेर कसैलाई हित हुन्न, शान्ती सबैको चहाना हो । यो कुरो कमैले बुझ्छन्, बुझ्नेहरु बुझ पचाइ रहेका छन् । करनी र कथनी भिन्नता छ । कुभलो चिताउनेहरु कुर्लिरहेकाछन्, भलो चाहनेहरु कुनापस्न बाध्यछन् । कुनजुनीको पाप हो कि कर्मको फल हो, मुलूक 'कु'बाट कहिल्यै निस्कन सकेन ।

कुपोषणले केटाकेटी आक्रान्त छन्, कुनै मतलब छैन । केवल कुर्सी-कपर्दीमा मस्त छन् । भाषण सुन्यो चुरिफुरी देखिन्छ, काम हेर्यो, कुरी कुरी हुन्छ । सुकर्म र कुकर्मको लर्डाईंमा सुकर्म हार्दोछ, कुकर्म जित्दोछ ।

'कु' हामीले उहिल्यैदेखी भोग्दै आएकाछौं । अहिलेको सारा समस्याको जड नै 'कु' हो भन्ने मेरो ठम्याई छ । सबैभन्दा पहिले हाम्रो मनमा, बचनमा ब्यवहारमा बिद्यमान 'कु'हरु हृटाऔं । हाम्रो मनको प्रत्येक कुनाबाट कुभावना, कुनियत, कुकर्म, कुत्सित मनसाय, कुबुद्धी, कुण्ठा,कुस्ती, कुन्दा कुबिचारआदी कुचोले बढार्ने हो भने, 'कु' कुनै हालतमा, कुनै बेलामा पनि हुनै सक्दैन । कुरो कसो !?

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments


Nandram Oli writes:
Posted on 8/5/2009
Really you create wonderful and joyful jokes those make me funny. thank you.


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com