खोजतलास
समाचारपत्र
राजधानी
हिमाल खबर
इकान्तिपुर
नेपाल जापान
गोरखापत्र
द हिमालयन टाइम्स
साझा
तन्नेरी
माओवादी
फिल्म नेपाल
बिबिसी
साँघु
जन आस्था
नेपाली पोष्ट
रेडियो दोभान
रेडियो सगरमाथा
सगरमाथा टिभी
नेपाल १
समुन्द्रपारी
एचके नेपाल
युरोनेपाल
साइरसंसार
हाम्रोसमाचार

Bishesh

By: डामाडोल डेष्क


प्रम पुराण

- By Salokya Form - www.mysansar.com
पहिले ज्ञानेन्द्र, अनि प्रचण्ड अहिले प्रधानमन्त्री माधवकुमार नेपाल। हास्यव्यङ्ग्यकार मनोज गजुरेलको व्यङ्ग्यवाण पछिल्लो चरणमा प्रधानमन्त्री माधवकुमार नेपालतर्फ सोझिरहेको छ। जो होचो उसैको मुखमा होचो, यस्तो किन त ? गजुरेल भन्छन्- ‘ मेरो ब्यंग्य ब्यक्तिको मान मर्दनकालागि हैन,होचिंदै गएको राजनैतिक कदलाई ब्यालेन्समा ल्याउनका लागि हो ।’

अहिले देशभर महोत्सवको माहौल छ । महोत्सवका हरेक स्टेजहरु उनी बिना अधुरो र अपुरो मानिन्छन् – सायद यसैले होला, उनी हम्मेसी काठमाडौँमा भेटिंदैनन्। अनलाइनमा भेटिएका गजुरेल भन्छन्- ‘जनता कलामा आफ्नो भोगाई खोज्छन्, म मनोरञ्जनको आकर्षक प्याकेटभित्र सिंगो देश बोल्ने प्रयास गर्दछु।’

प्रत्येक मञ्चमा एउटा ‘स्ट्याण्ड-अप कमेडी’ र अर्को क्यारिकेचर ‘प्र.म.पुराण’ प्रस्तुत गरिरहेका गजुरेलले केही ठाउँमा ‘प्र.म. पुराण’प्रस्तुतिका क्रममा साँच्चिकै प्र.म. ठानेर कालो झण्डा र स्यालुटसमेत प्राप्त गरेका समाचार पत्र-पत्रिकामा छापिइसकेकाछन्। यस क्रममा, सुदुर पूर्वको श्रीअन्तु (इलाम) देखि सुदुरपश्चिमको धनगढीसम्म पुगेका गजुरेलले माइसंसारका लागि ‘प्र.म.पुराण’का केही अंश संवाद उपलब्ध गराएका छन् भने धनगढीका पत्रकार प्रकाशराज भट्टले तस्विर उपलब्ध गराएका छन्। आउनोस्, एकैछिन फ्रेस हुनुहोस्।


'माओवादी आफैं मात्तिएर सरकारबाट पछारिएको हो । उनीहरुलाई कसैले लडाएको हैन, आफैं भीर खोजेका हुन् । भीर खोज्ने गोरुलाई राम राम भन्न सकिंदो रहेछ, डा.बाबुराम भन्न नसकिंदो रहेछ ।’


'अरुहरु विश्वको वायु प्रदुषणले सताएको कुरा गर्छन्, तर हामीलाई सरकारको आयु प्रदुषणले सताएको छ । यो सम्झँदा हामीलाई आफ्नै वायु बिग्रिएर आउंछ ।’


माओवादी आफुलाई निकै बाठो ठान्दछ । उनीहरुलाई लाग्दो हो-आइडिया इज ग्रेटर देन इन्डिया । तर, यथार्थ के हो भने-आइडिया और इन्डिया आर मस्ट नेसेसरी फर ‘नेपाल ।’


'नेपाल दुई ढुंगा बीचको तरुल हैन, दुई तरुलबीचको ढुंगा हो। छिमेकका तरुलहरु कहां बाट कहां पुगि सके, हाम्रो ढुंगो जहांको त्यहीं छौं । त्यसैले……’


'प्रचण्डले किन टोपी किन लगाएनन्, त्यो मलाई थाहा भएन । जहांसम्म मेरो टोपीको बारेमा कुरा छ- धेरैलाई लाग्दो हो, यो टोपीले राष्ट्रियता जोगाएको हो !तर हैन, उड्छ भनेर बुद्धीको बिर्को लगाएको हो !!’


'नेपालको जनकपुरमा सीता जन्मिइन्, बिहे गरेर भारत गइन् ! काठमाण्डौमा भृकुटी जन्मिइन्, चाइना गइन् ! लुम्बिनीमा बुद्ध जन्मिए, तपस्या गर्न भारत गए ! भगवानहरुलाई त भारत नगइ हुंदैन भने हामी त मानव हौं, बर्तमान परिप्रेक्ष्मा ।’


'वर्तमान परिप्रेक्ष्मा, जुंगा हुनु र नहुनुमा धेरै अर्थ छ । मेरो आफ्नै उदाहरण हेर्नोस्- प्रचण्ड्को भन्दा छोटो जुङ्गा भएकाले नै प्रधानमन्त्री बनेको हुं, पुरा खौरिएको भए राष्ट्पति हुने पक्का थियो ।’


'तत्कालीन परिप्रेक्ष्मा, माओवादीहरुले नारा लगाएका थिए- ‘धाकभन्दा धक्कु ठूलो, माकुनेभन्दा झक्कु ठूलो !’ तर परिस्थितिले पल्टा खायो । झक्कु झक्कु नै रह्यो-माधव नेपालले गणतान्त्रिक नेपालको दोस्रो प्रधानमन्त्रीका रुपमा भक्कु स्यालुट पायो ।’


'राष्ट्पति, सेनापति, पशुपति – जहां जहां माओवादीले हात हाल्यो, त्यहां त्यहां चिप्लियो । त्यसैले बर्तमान सरकार कुनै हालतमा पतिमाथि हात हाल्ने छैन। किनभने पतिमाथि हात हाल्ने पत्नीले सौता ब्यहोर्नु पर्ने हुन्छ ।’


'चक्काजामले बन्ने भए, नयां नेपाल ! चक्काजामकै स्कूल खोल्थें, पढ्थें हडताल !! पहिलो पिरियड पुत्ला पोल्यो , दोश्रो पिडियड जांच ! जिन्दाबादमा फेल भए, मुर्दाबादमा पास !!

Author in brief
Name : डामाडोल डेष्क
Address :
 | All Articles | Author Detail |

Viewer's Comments


Raju Chhetri writes:
Posted on 6/7/2010
Manoj Gajurel sirko comedy man paryo. Haruwa Makune banda chinnai garho parla jhai lagyo
KAMLESH KARN writes:
Posted on 6/2/2010
Manoj ji tapai le kam paunu bhai n ki kya ho khali aru ko nakkal gardai hednu huncha
Bhawana Ghimire writes:
Posted on 5/4/2010
tapai ta charli chaplin hunu parne ho , tara kahile Gyanendra , kahile MAKUNE , Kahile PRACHANDA, Tara tapai Dherai garnu hun6 re GHAMANDA. tyo na garnu la. ma pani ta jhapa kai hu .
ramesh khadaka writes:
Posted on 5/1/2010
kasto ghanta jast massage send gare ko ho la lamo ramro 6......
rajendra lamsal spain barcelona writes:
Posted on 4/14/2010
manoj ji namaste tapai ko caricecher sachikai janta ko mutu chune khal ko cha ajha yo bhanda pani ramro garne kosis garnu hola yahi mero naya basrsha 2067 ko shubhakamana
sangam writes:
Posted on 4/10/2010
Thanks, manoj sir tapaiko acting thik6
NSBIN BHANDARI writes:
Posted on 3/27/2010
MAN PARO RAMRO6
bikram chaudhary writes:
Posted on 3/19/2010
very good
mahesh neupane writes:
Posted on 3/18/2010
babal 6 manoj daihamro pani sametne try garnus la
pokhrel bidur writes:
Posted on 3/8/2010
all the best
Anoj karki writes:
Posted on 2/19/2010
Manoj dai red solute, acting ramro 6. Baru feri 1 palta ganatantrik nepalko pahilo vitte rastrapati kamred prachandako charicacher garidinu vae janta ajhya khusi hunthe. Has ta redsolute.
Bibek pokhrel writes:
Posted on 2/17/2010
all right!go on.
Nirmal dahal writes:
Posted on 2/15/2010
Prensentation is good . Thank u.
resham kunwar writes:
Posted on 2/14/2010
tapai ko caricatur dherai ramro chha yastai garernetaso ghaitama gham paridina paryo
Ram Bdr Bohara writes:
Posted on 2/12/2010
I am very happy.I wishes succed this article future days.
Nripa Bahadur Kadayat writes:
Posted on 2/1/2010
MANOJ DAI FIRST OF ALL NAMASKAR. DHERAI RAMRO LAGYO SATIRE. THAYAKAI MA.KU.NE. HUNUBHAYE6. SUDURPASCHIM MAHOTSAB MA GAI DIYERA MAHOTSAB SAFAL GAREKO MA MURI MURI DHANNE BAD. JAI NEPALI JANATA... JAI NEPAL MATA...JAI MANOJ GAJUREL DAI....
ramesh writes:
Posted on 1/27/2010
ani ke ho bro, jasko carricature pani gardine! yo ta bhayenani! la la thikai chha carry on.
L.Manoj writes:
Posted on 1/18/2010
Manoj Bro ko yesso audio pani rakhum na ho Bro!
Pukar writes:
Posted on 1/17/2010
Ha ha ha kaya haso lagyo yak dam hasaunu bhayo yar
niraula writes:
Posted on 1/14/2010
you are great!!!!!!!!!!!!!!!!!!
sanjay writes:
Posted on 1/11/2010
Manoj dai ye sala naita hare lai thapai le nai thek parnu Huncha
bharat pandey writes:
Posted on 1/8/2010
monoj bro tapaie sabaie bannu bho lauta 6atra man sing banera dekhunuta? body ghatayara kasari dublo hunuhun6a?
thabaraj writes:
Posted on 1/7/2010
i think its true, that's you wrote.
raju acharya writes:
Posted on 1/7/2010
manoj dai ki acting dharai na ramro chha uha bhaneko janatako sath dine kalakar ho so most people like him.
Nirmal writes:
Posted on 1/5/2010
बबाल छ हजुर के गर्नु मैले सक्नेभए नक्कली हैन सक्कली प्रधानमन्त्री बनाइदिन्थे
Basant Rana writes:
Posted on 1/4/2010
मनोज जी तपाइको प्रस्तुति मनै छुने गरि हसाउनु हुन्छ अब तपाई बाट अर्को एउटा आशा "हवल्दार जी (गिरिजाजी) " को ब्यङ्ग चाडै हेर्न पाउ


Comment this Article

 
Name*
Address (optional)
Email (optional)
Comment*

खोजी
 
वेभ

(c) Copyright Damadol.com  Powered by:Media Chautari
Send your queries and feedback -
thedamadol@gmail.com