|
|
►
Bishesh |
By: मनोज गजुरेल |
होली हो !
नीर थिऐं सिनेमामा, राजा थिऐं देशमा ,
रहरमात्रै बन्यो ब्यापार, टाट पल्टिऐं त्यसमा !
शाह मेरो थरमात्रै, फालें शाही रंग ,
हवस कम्रेड निरराजा, प्रचन्ड नी दंग !

अन्जुलीमा अटाउने जिउ पाऐं मैले ,
जुगौंदेखी गीत गाइयो हिट भइयो ऐले !
पत्रिकामा फोटो छापियो सिआरबिटी लाखौं ,
तर कम्पनी चम्क्यो, कलाकारलाई के खाउं !

रेडी हुन्छु म कथाले मागेजति दिन ,
खाको बिष पो लाग्छ क्यारे नखाएको किन !
थाई हिप हल्लाई दिदा प्रचण्ड नि दंग ,
पाएसम्म 'लभगुरु' हुं रंग न ढंग !

दिनभरी दंग पर्छु रातभरी रुन्छु ,
पालो मेरॊ नजुर्ने भो साह्रै दुखित हुन्छु !
श्रीमान बिना जिवनको दौडीरा'छ गाडी ,
निन्द्रामा'नी भन्ने गर्छु कस्ले ल्याउला साडी !
रौसी सेउसी ट्याउसी चढ्ने बानी नभा'को ,
लाज नमानी आए हुन्छ टाइसुट लगा'को !

आमा छोरी दुबै नेता पार्टी मिलेन ,
रहर थियो मन्त्री बन्ने सुजाता भिलेन !
जुन दिन सम्म बसि रहन्छिन् यिनी पार्टीमा ,
देख्दिन म मेरो मौका पोल्छ छातीमा !
उनि पनि प्रधानमन्त्री फेरी नबन्ने भए ,
बाबु छोरीले गर्दा हाम्रा दिन गए !

राहु केतु रिसाए कि साइत मिलेन ,
जेङ्गो बडी जुनी बित्यो कुट्दै भिलेन !
शहर बजार हिजोसम्म भन्थे राजेश दाई ,
हलमा ऐले जानै हुन्न अंकल भन्छन् मलाई !
माया लाउंछु भन्दा उहिले खांचो ठानिन ,
लक मेरो 'लकअप' हो कि, माया लाउन जानिन !

मन्द मुस्कान शिस्ट बोली सुरिलो छ स्वर,
दम्भ छैन मन भित्र हरिसँग जोर !
नर नारी द्ङ पर्छन तिम्रो कुरा सुनी,
कृत कृत जनताहरु सम्म जुनि जुनि !
स्थिर रहोस् महजोडी फलोस लटरम्म ,
श्रवण गर्न पाइ रहु युगौ युगसम्म !
श्रेष्ठ हासो भन्दा बढी, भाषण आउन थाल्यो,
ठक्क ला'र मन्त्री बने हुन्छ जस्तो लाग्यो !

हरघडी हास्यौ हामी तिम्रो कुरा सुनी,
रिस राग छैन मनमा मान्छे साह्रै गुनी !
बम् भोला सिव शंकर कस्तो मान्छे होला ,
सबैले पाए हुन्थ्यो तिम्रै जस्तो चोला !
आजिबन कुरा गरेउ जनता र देशको ,
चारै प्रहर झल्को आउने तिम्रो फन्नी फेशको !
रङ अली धमिलो भो कन्फ्युज कलरले ,
यस्तो लाग्छ, 'मह' टर्रो प्रोजेक्ट डलरले !
Author in brief |
|
|
|
|
|
|
Viewer's Comments
diwana writes: Posted on 7/2/2010 | | rekha le dekha ka ko kura khai ta gareko. |
| Devraj parajuli writes: Posted on 5/19/2010 | | Manoj dai i like this article so much u are my favourite actor.keep it up
|
| tejendra shahi"royel" writes: Posted on 4/23/2010 | | rekha thapalai ali pugenki????????? |
| Wow writes: Posted on 4/3/2010 | | Coming to New Year 2067
What What Jokes Jokes |
| bhakta bir khadka writes: Posted on 3/5/2010 | | sahari ramro lagyo yesari ni sabalai hasaudai deshko bastibikatalai taro banaudai janu la..............??????????? |
| Ramesh Bhandari writes: Posted on 3/2/2010 | | Kavita ramro 6a. Harek patra haru lai suhaune gari lekhnu bhaeko 6a Thank you Manoj ji |
|
|
|
|
|
|
|
|