Blog
मेरा अनेक अवतार
Oct 20, 2010

अहिलेको मनोज गजुरेल धेरै घुम्ती र बाटा पार गर्दै यहाँसम्म आइपुगेको हो । गजुरेललाई झट्ट देख्दा र उसको कला हेर्दा उससँग कस्ता-कस्ता अनुभव छन् भन्ने मान्छेले सोचेका हुन्नन् तर, मलाई भने पछि फर्केर हेर्दा कहिलेकाहीँ अचम्म लाग्छ, कहिले रमाइलो अनुभूति हुन्छ । सजिला-सजिला सिँढी उक्लेर म यो सफलताको बाटोमा आइपुगेको हैन । मैले जीवनमा अझ धेरै गर्नु छ, धेरै पर पुग्नु पनि छँदै छ । तैपनि, यहाँसम्म आइपुग्दा म हिँडेको गौँडा केही अप्ठयारा पनि छन् र केही रोचक पनि।

कलाकार के हो ? हास्यव्यंग्य कस्तो विधा हो ? क्यारिकेचर कसरी गर्नुपर्छ ? यस्ता कुरा केही थाहा नहुँदै मैले क्यारिकेचर (नक्कल) गर्न थालिसकेको थिएँ। म १२/१३ वर्षको हुँदो हुँ, हामी तिनताका ताप्लेजुङबाट झापा झरिसकेका थियौँ। एक दिन हाम्रो घरमा कार्जे (पूजा)लगाइएको थियो। घरभरि पाहुना थिए। पूजा सकिएपछि बास बस्ने पाहुनाले हाम्रो घर भरिएको थियो। भित्र-बाहिर, कोठामा-चोटामा जताततै पाहुना मात्रै सुतेका थिए@। म सुत्न पाएको थिइनँ। राति १२/१ बजिसकेको थियो क्यारे, मलाई मस्त सुतिरहेका मान्छेलाई तर्साएर ब्युँझाउन मन लाग्यो।

manoj_--_--_--केही न केही उटुंगो गर्ने मेरो बानी परिसकेको थियो । म दैलामुनि पिँडालुको झाङभित्र लुकेर भ्यागुतो खाइरहेको सर्प कराएझैँ 'च्याउँ-च्याउँ' कराएँ । आधारातमा सर्प कराएको चर्को आवाज सुनेर घरभरिका मान्छे ब्युँझे । उनीहरू 'अब के गर्ने ?' भनेर सल्लाह गर्न थाले, म भने कराइनै रहेँ ।

 

पछि आमाले लामो र ठूलो लठ्ठी लिएर आउनुभयो र परबाटै डयाम्मै हिर्काउनुभयो । म सानो फुच्चे थिएँ, पाको मान्छेले सर्प मार्न हानेको लठ्ठीको प्रहार मेरो टाउकैमाथि पर्‍यो । अघिसम्म सर्प कराइरहेको म ह्वाँह्वाँ रुन थालेँ, मसँग भर्खरैसम्म तर्सिरहेका मान्छे म रोएको देखेर हाँस्न थाले । रोइरहेकै वेला केही मान्छेले मेरो प्रशंसा गरे- यो त कलाकारिता पो हो, यो केटाको नक्कल गर्ने कस्तो खुबी ! मेरो कलाकारिताको ब्रेक भन्नु नै त्यही घटना थियो । त्यसपछि नै मलाई यसरी हँसाउने काम कलाकारिता रहेछ भन्ने थाहा भयो ।

०००

सानैदेखि म बिरालो, कुकुर, बाख्रो, स्याल, कुखुरा र अरू चराका नक्कल गरिरहन्थेँ । मेरो क्यारिकेचर सुनेर साथीहरू रमाउँथे । त्यसो गर्न पाउँदा मलाई पनि रमाइलो लाग्थ्यो । जनावर र चराका क्यारिकेचर गरेरै मैले आमालाई धेरैपटक झुक्याएको र दुःख दिएको छु । बुबा भने ०३० मा म जन्मेको सात महिनामै बित्नुभएको हो । तैपनि, परिवारको सबैभन्दा कान्छो छोरो भएकाले सबैले मलाई नै बढी माया गर्नुहुन्थ्यो । परिवारमा अरू सदस्यले जति दुःख पाए पनि कान्छोले त्यति दुःख पाएको हुन्न । कान्छो सन्तान हुनुको त्यही मजा, सुख र सुविधा मैले पनि पाएको छु ।

झापामै आठ कक्षा पढ्दाताका स्कुलको वाषिर्कोत्सव कार्यक्रममा मैले तीनवटा हास्यव्यंग्य प्रस्तुति दिएको थिएँ, पहिलो- त्यही सर्प कराएको आवाजको नक्कल, दोस्रो- कुसुमेरुमाल चलचित्रको 'तिमी नभए' गीतको प्यारोडी र तेस्रो- रेडियो नेपालको 'आज राष्ट्रिय पञ्चायतमा के भयो ?' कार्यक्रमको प्यारोडी ।

त्यतिखेर 'कुसुमेरुमाल' चलचित्रको गीत चर्चित थियो । गाउँ-सहरतिर बढ्दै गरेको रक्सी खाने चलन र जँडयाहालाई व्यंग्य गर्न मैले त्यही चलचित्रको 'तिमी नभए जिन्दगानी काँडासरी छ' गीतलाई प्यारोडी बनाएर सुनाएँ-

'रक्सी नभए जिन्दगानी मरेसरी छ
फेरि पनि रक्सी नभई हुँदै हुँदैन....'  

manoj_--_-रेडियो नेपालमा दैनिक प्रसारण हुने 'आज राष्ट्रिय पञ्चायतमा के भयो ?' कार्यक्रममा राष्ट्रिय पञ्चायतको बैठकमा भएका गतिविधि प्रसारण गरिन्थ्यो । त्यो कार्यक्रमको प्यारोडी मैले यस्तो सुनाएको थिएँ- 'आज राष्ट्रिय पञ्चायतमा बसेको बैठकले घर-जग्गाविहीन जनतालाई ऐलानी माटोबाट हटाई लाठी र मुंग्रीले ठटाइ उत्तरतिर खेदाउने प्रस्ताव पारित गरेको छ ।' यो प्यारोडी मैले कुनै राजनीतिक आस्था वा विचार आफैँ जानेर गरेको थिइनँ । मलाई राजनीति कसैले सिकाएको पनि थिएन । सायद त्यतिवेलाको माहोलले मलाई पञ्चायतलाई व्यंग्य गर्न सक्ने गरी राजनीतिक चेतना दिएको थियो ।

 

तिनै तीनवटा प्रस्तुतिले गर्दा म त्यो कार्यक्रममा प्रथम भएँ । साथीहरूले मलाई हौसला दिए,शिक्षकहरूले 'यो केटोमा कलाकार बन्ने सम्भावना छ,' भनेर उत्साह थपिदिनुभयो । मलाई पनि थप जोस-जाँगर थपिएको महसुस भयो । औपचारिक कार्यक्रममा मैले आफ्नो कला प्रस्तुत गरेको स्कुलको त्यही वाषिर्कोत्सव कार्यक्रममै हो । त्यसपछि त म झन् हौसिएँ । मलाई मेरो दाजु केशवराज गजुरेलले कला क्षेत्रमा लाग्न सानैदेखि प्रेरित गरिरहनुभयो र निरन्तर सघाउनु पनि भयो । उहाँ तत्कालीन नेकपा मालेनिकटको विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँको राजनीतिक संलग्नताले मलाई पनि राजनीतिक चेतना सिकाएको हुनुपर्छ । तर, स्कुले विद्यार्थी छँदाखेरी मलाई देशको राजनीतिबारे खासै ज्ञान थिएन । बरु कलेज भर्ना भएपछि म पनि राजनीतिमा जोडिएँ ।

०००

मेरो जीवनको एउटा रमाइलो पक्ष के छ भने मैले एसएलसी पास गरुन्जेल ११ वटा स्कुलमा पढ्नुपर्‍यो । एसएलसीसम्म जम्मा दस वर्ष हुन्छन् । तर, मैले दस वर्षमा ११ स्कुल बदलेको छु । ०४५ मा दाजुसँग काठमाडौं आएपछि पुतलीसडकको पद्मोदय स्कुलबाट एसएलसी दिएँ । त्यतिन्जेलसम्म ताप्लेजुङ, झापा, मोरङ र काठमाडौं गरी मैले फरक-फरक ११ वटा स्कुल फेरिसकेको थिएँ । कहीँ दुई, कहीँ पाँच र कहीँ तीन वर्ष पढेँ । त्यसले गर्दा पनि मेरा स्कुलका स्थायी साथी र स्थायी शिक्षक कोही भएनन् । धेरै ठाउँमा धेरैथरी साथीको संगतले गर्दा मैले फरक-फरकखालका अनुभव सँगालेको छु । तर, लामो समय संगत गर्ने र मिल्ने साथी बनाउने मौका मलाई जुरेन, थुप्रै साथी अहिले बिर्सिसकेँ ।

 

मैले पद्मोदय स्कुल पढ्दाताका मेरो दाइ आरआर कलेजमा पढ्नुहुन्थ्यो । कलेजमा कार्यक्रम हुँदा दाइका साथीहरूले कला प्रस्तुत गर्न मलाई बोलाइरहनुहुन्थ्यो । त्यहाँ पनि मैले आफूभन्दा सिनियर विद्यार्थीबीचमा रहेर आफ्नो कला देखाउँथेँ । एसएलसी उत्तीर्ण भएपछि ०४८ मा म पनि त्यही कलेजमा भर्ना भएँ । त्यसपछि त म पनि राजनीतिमा सक्रिय हुन थालेँ । म त्यतिवेला तत्कालीन नेकपा (एकताकेन्द्र) को विद्यार्थी संगठनमा आबद्ध भएर काम गरेको थिएँ । हाम्रो संगठनको अध्यक्ष हितमान शाक्य र महासचिव देवेन्द्र पौडेल 'सुनील' हुनुहुन्थ्यो । म क्याम्पसको इकाइ अध्यक्ष थिएँ । त्यही समयमा मैले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सभापतिमा उम्मेदवारी पनि दिएको थिएँ ।

 

 

दुई/तीन वर्षसम्म मैले विद्यार्थी क्षेत्रमा सक्रिय राजनीति गरे । तिनताका मेरो परिवार र मेरा सबै आफन्त नेकपा (माले) को राजनीतिमा हुनुहुन्थ्यो । म एक्लै जनमोर्चा (एकताकेन्द्र) मा थिएँ । ०४८ तिरै म एकताकेन्द्रको केन्द्रीय सांस्कृतिक टोली 'सामना परिवार' को सदस्य रहेर पनि काम गरेँ । मणि थापाले मलाई त्यतिवेला गीत गाउन सिकाएका थिए । मणि थापासँगै म सामना परिवारको आयोजनामा गोरखपुर पुगेँ । सांस्कृतिक कार्यक्रममा विदेश यात्रामा गएको त्यही मेरो पहिलोपटक हो । राजनीतिको विद्यार्थी र सांस्कृतिक फाँटमा म सक्रिय युवा नै हो त्यतिखेरको । पछि यसो विचार गरेर आफैँलाई मूल्यांकन गर्दा सक्रिय राजनीति गर्न म असमर्थ छु जस्तो लाग्यो, अनि बिस्तारै छाड्दै गएँ । कला क्षेत्रबाटै मैले केही नयाँ गर्नुपर्छ र गर्न सक्छु भन्ने बोध भएपछि नै राजनीतिमा म निस्त्रिmय रहन थालेँ । कलाकारिता पनि एउटा राजनीति नै हो । राजनीति र कला दुई भिन्न स्वभावका भिन्न चीज हुन् । राजनीति दिमागबाट चल्छ, कला हृदयबाट फुर्छ । तर, राजनीतिमा पनि अनेक कला हुन्छन् र कलामा पनि राजनीति हुन्छ ।

राजनीतिमा म ०४६/०४७ को आन्दोलन र तत्कालीन माहोलको उत्पादन हुँ । म राजनीतिक गुण नै भएको व्यक्ति त होइन, सम्पर्क र संगतले मात्रै त्यतापट्ट लागेँ । सक्रिय राजनीतिमा नरहे पनि मलाई लाग्छ- प्रत्येक मान्छे प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै राजनीतिमा संलग्न हुन्छ । कला, साहित्य, संगीत, पेसा व्यवसाय जु

 View ads about: 

Comments

No Comments Yet.

Add New Comment

Type in Nepali (Press Ctrl+g to toggle between English and Nepali)

More Blog...

अहिलेको मनोज गजुरेल धेरै घुम्ती र बाटा पार गर्दै यहाँसम्म आइपुगेको हो । गजुरेललाई झट्ट देख्दा र उसको कला हेर्दा उससँग कस्ता-कस्ता अनुभव छन् भन्ने मान्छेले सोचेका हुन्नन् ।
Read more...
‹ Prev 1 Next ›
महंगीले यातायात त प्रयोग गर्ने नसकिने भो गाँठे ! अब के होला ?
सबै नेपाली हुन्छन स्लीम
गाडी भाडामा तलब चिलिम
जनता हुनेछन फायर
सडकमा बढ्ने छ टायर
जनताको सरकार धन्य
कुनैपनि होइन, अन्य
 View Result