छोटो तथा मिठो भाषामा बोल्न रुचाउने कलाकार शिवहरी पौडेल र म कुराकानी गरिरहँदा छेवैमा हरिवंश आर्चायपनि टाउको हल्लाउँदै हुनुहुन्थ्यो । तर प्रश्तुत गरिएको वार्तालाप जस्ताको तस्तै सारिएको छ । वार्तालापको पहिलो पात्र शिवहरीजी हुन् भने दोश्रो पात्र म मनोज गजुरेल !
ल है सर, गज्जबको रहेछ, कार्यक्रम ।
थ्यांक्यू । तपाईंहरुको जात्रा हेर्न जान पाईएन, सुनिए अनुसार तपाईंहरुल् पनि उत्पातै गर्नुभएको छ रे ।
हाहाहाहाहाहा.........आउनोस् न मौका मिलाएर हेर्नलाई ।
भैहाल्छ नि, अनि पहिला त तीते जिरे समुहमा हुनुहुन्थ्यो ?
हो, तर अहिले मह गाईजात्रामा छु....हाहाहाहाहाहा
ए सर, त्यो त थाहा छ, तर किन त्यस्तो भनेको नि ?
ए......थाहा छैन कि भनेर नि .....हाहाहाहाहाहाहाहा !
महको गुलियोले तान्यो कि क्या हो यस पाला ?
महको गुलियोले मलाईमात्र हैन्, सबैलाई तान्छ । उहाँहरुले गाईजात्रा गर्नेभएपछि म नै ठाउँ माग्दै जानुपर्ने हो, उल्टै उहाँहरुले नै मेरो नाम हालिदिएपछि नजाने कुरै भएन ।
साँच्ची, राष्ट्रबैंकको जागीर र जिरे खोर्सानीको जागीर कसरी समायोजन गर्नुहुन्छ हँ ?
राष्ट्रबैंकमा दश बजेदेखी ५ बजेसम्म म राष्ट्रबैंकको हाकिम हुन्छु, खाली समयमा जीरे खुर्सानीमा वटीको पोई ।
हाकिमजस्तो मान्छे, त्यसरी जोकर भएर खेल्न सुहाउँछ र ?
नसुहाएको भए सुब्बाबाट बढुवा भएर हाकिम बन्दिनथें, जीरे खोर्सानीमा त्यति लोकपि्रय पनि हुन्नथें, हाहाहाहाहाहाहा...
अनुहार त निकै चम्किलो छ तपाईंको....हैन, कति बर्ष पुग्नु भयो तपाईं ?
मेरो जन्म २०२३ बैसाख १ गते भएको हो, अब उमेर पत्ता लगाउन त तपाईंले अलि अलि पढ्नु पर्यो नि ।
ब्यंग्य त खुब गर्नु भएको छ नि...शिवहरीको पढाई धेरै होला भन्ने मूल्यांकन छ .....।
व्यंग्य गर्न के को पढिरहनु पर्छ ??? सार्टिफिकेटचाहीं बिए पासको छ ।
के बिषयमा ?
अर्थशाष्त्रमा पढेर त राष्ट्रबैंकमा जागीरमा जमिरहेको छु नि ।
कुन कुन सिनेमा पो खेल्नु भो साँच्ची ?
३८ वटा छन्, संझनै आएन सबै त ।
पहिलो पटक कहिले रंगमञ्चमा प्रवेश गर्नु भो ?
२०४७ बैसाख १ गते बनदेवी नाटकबाट ।
हवस्त धन्याद ।
तपाईंलाई पनि त्यो भन्दा धेरै धेरै धेरै धेरै धन्यबाद । तपाईंको डामाडोलले सफलता पाओस्
साँच्ची, तपाईको संपर्क कहाँ रे ?
तपाईलाई थाहा छँदैछ नि ।
मलाई हैन, डामाडोलका पाठकहरुकालागी ।
नेपाल रास्ट्र बैंक, केन्द्रीय कार्यालय- थापाथली, काठमाडौँ !
Comments
धेरै राम्रो छ है प्रगति गर्दै जानुस..तर नेता नभने पनि मन्त्री चाही हुनु है ...हा..हा..हा..







