पिट्किला
कुरूप काठमाडौँ
Jan 12, 2011


-नरनाथ लुइँटेल-

...तँ बेइमान छस्
जतिसुकै सुन्दर छु भनेर
फूर्ति लाए पनि
तँ कुरूप छस्
लाँकुरीभञ्ज्याङबाट हामी धेरै-धेरैले
एकैसाथ हेर्‍यौँ
तँ आफ्नो मुख लुकाएर
गजधम्म बसेको छस्
आफ्नो दुष्ट अनुहार
तुँवालोको बर्कोभित्र लुकाएर
भएभरको लाज पनि पचाएर
किच्च किच्च हाँसे झैँ गर्छस्
साँच्चै काठमाडौँ तँ असाध्य कुरूप छस् ।

षड्यन्त्रमा माहिर छस्
तिगडममा सिपालु छस्
जालझेलमा खप्पिस छस्
हामी लाँकुरीभञ्ज्याङबाट
एउटा उद्घोष गरिरहेछौँ
एउटा चुनौती दिइरहेछौँ-
ए छुल्याहा काठमाडौँ
दुनियाले थाहा पाउने गरी
एउटा सरकार त बनाएर देखा
हामीले शताब्दियौँदेखि चाहेको
एउटा संविधान निर्माण गरेर त देखा ।

तुवाँलोभित्र छिपेको तेरो अनुहार
हेर्नुपरेको छैन हामीलाई
आँसु र रगतको तर्पण दिएर
हामीले खोजेको संविधानको
खाका हेर्न मन छ हामीलाई
दिल्ली, अमेरिका र चीनले थाहै नपाई बनेको
एउटा खाँटी सरकार हेर्न मन छ हामीलाई ।

थुक्क काठमाडौँ,
के तँ यसो गर्न सक्छस् -
लाँकुरीभञ्ज्याङबाट हामी उद्घोष गरिरहेछौँ
तँ त साह्रै बेइमान छस्
जतिसुकै सुन्दर छु भनेर
जस्तोसुकै फूर्ति लाए पनि
तँ सोचेभन्दा धेरै धेरै कुरुप छस्
हाम्रो भावनालाई पटक्कै नबुझ्ने
तँ सोचेभन्दा धेरै धेरै कपटी छस्
हाम्रा आकाङ्क्षहरूमाथि तुषारापात गर्ने
एक पित्को विश्वास गर्नै नसकिने
तँ त चरम विश्वासघाती छस्
लाँकुरीभञ्ज्याङबाट जुनसुकै पहर हेरे पनि
चिताइनसक्नुको कुरूप देखिन्छस् ।


(फेसबुक साहित्य सञ्जालद्वारा लाँकुरीभञ्ज्याङमा !२०६७ पुस २४ गते आयोजित समारोहमा तत्काल रचित र वाचित)

 View ads about: 

Comments

Puspa | May 10, 2011
Dami cha. K ktm matra ni nepal nai aastai cha.
paban sharma | May 13, 2011
ramro rai6....thank ua la
Mohan | May 14, 2011
Kya dami
Anil | Jun 03, 2011
काठमांडू राम्रो छ. नभय ७५ जिल्ला का मानिस यहाँ घर banaun मरिहत्ते किन गर्छन त? कुरूप पारेका अरुले हो. काठमांडू आफैमा असध्याई राम्रो छ. सुन्दर छ मेरो प्यारो काठमांडू.
Mukunda Bhattarai | Jul 08, 2011
हामी त्यों देश का नागरिक हौं जहाँ कुकुर लाइ मासु दीइन्छ त, जनता लाइ हड्डी साधू लाइ जेल हालिन्छ त, चोर लाइ गद्दी तर हामी यो नबिर्शौ हामी त्यों देसका नागरिक बन्न सक्छौ जहाँ गोरु लाइ पिजा र बर्गर दीइन्छ त, नेता लाइ घांस
pradip karki | Jul 14, 2011
राम्रो छ कुरा
बि.सी.राई | Jul 17, 2011
धन्यवाद राम्रो छ
Jayaraj Poudyal | Sep 27, 2011
kathmandu aafaima kurup ani beiman chhaina,,kehi manisharule yeslai bigareka chhan,kurup banayeka chhan,,but aafai ma yo dherai sundar chha,,nischal chha ,,,yes lai hamiharu sabai milera ajjha salin savyeta ko sahar banau ,namuna rajdhani banau ,jasle singo desh ko nai muhar ferna sakos.hami sabaile hamro rajdhani ko garva garna sakau,,
kalidas nepali | Sep 23, 2011
सहरे राम्रो छ.

Add New Comment

Type in Nepali (Press Ctrl+g to toggle between English and Nepali)

अन्य पिट्किला...

शिक्षक कमरेडः ल फुच्चे कमरेड भन्नोस् त, पृथ्वी कस्तो छ ? बिद्यार्थी कमरेडः गोलो छ कमरेड !
Read more...
‹ Prev 1 2 3 4 5 6 7 8 9 ... 24 Next ›
महंगीले यातायात त प्रयोग गर्ने नसकिने भो गाँठे ! अब के होला ?
सबै नेपाली हुन्छन स्लीम
गाडी भाडामा तलब चिलिम
जनता हुनेछन फायर
सडकमा बढ्ने छ टायर
जनताको सरकार धन्य
कुनैपनि होइन, अन्य
 View Result