सिस्नुपानी
मेड इन नेपाल
Jan 29, 2012

सज्जन तथा महिलावृन्द,'मेड इन नेपाल एयरलाइन्स'मा स्वागत छ। 'कप्तान्' कान्छा मामा, 'ग्लास तान्' ठूली आमा तथा फ्लाइट एटेन्डेन्ट 'मिस जामा' यहाँहरूलाई स्वागत गर्छौं। अब हामी विमान उडानसम्बन्धी केही जानकारी राख्दैछौं, कृपया कान खोलेर सुन्नुहोला।


विमानमा 'सिट प्लानिङ' नभएकाले 'जसको शक्ति त्यसको भक्ति' गर्नुहोला। बलिया बाङ्गा सिट ओगटिहाल्नोस्, कमजोर सीधाहरू स्टुल तथा भुइँ खोजेर बस्न थाल्नोस्, महिला, बालबालिका तथा अशक्तका लागि विमानको छत आरक्षण गरिएको छ।

हाम्रो उडान अवधि तीन घण्टाको भए पनि मौसमको खराबीले गर्दा केही मिनेटमै पनि 'अन्तिम गन्तव्य'मा पुग्न सकिने भएकाले विमान उड्नुअघि सबै आफन्तलाई 'गुडबाई' गर्न नबिर्सनुहोला। 

हामी कति उचाइमा उड्छौं भन्ने कुरा यात्रुहरूको तौलमा भर पर्ने भएकाले अहिल्यै भन्न सक्ने अवस्थामा छैनौं। उडिरहेको जहाजमा तौल ज्यादा भए बीचैबाट मान्छे झार्नुपर्ने भएकाले प्यारासुटको व्यवस्था गरिराख्नुहुन अनुरोध गरिन्छ।

सिटमा बेल्ट नभएकाले आफ्नै बेल्ट फुकालेर बाँध्नुहुन तथा महिला दिदीबहिनीहरूलाई सल, पछ्यौरा तथा इजारले काम चलाउनुहुन आग्रह छ।

जहाजमा धेरै बोल्ने तथा धेरै पिउनेहरूका लागि 'टेप तथा सुपरग्लु'को व्यवस्था गरिएको छ, हाम्रा परिचारिकासँग सम्पर्क राख्नुहोला। 

जहाज हल्लिएर डर लागे वा 'सिरियस' भए सातो बोलाउने झाँक्री तथा 'वैतरणी दान' गर्ने पुरोहितको पनि व्यवस्था छ। सामान्य अवस्थाको डर भगवान् 'भित्री कोट'को प्रयोग गर्न सक्नुहुनेछ। 

भीडभाडको दुरुपयोग हुन सक्ने भएकाले कसैले तपाईंको शरीर स्पर्श गरे आनन्द मानेर नबस्नुहोला, 'मर्लास् नि मोरा' भनेर झापड लगाइहाल्नुस्। परेको हामी बेहोर्छौं, पैसा आफैं तिर्नुहोला।

अकस्मात् जहाजभित्र हावाको चाप कम हुन गै श्वास फेर्न अप्ठेरो परे झ्यालको कब्जा फुकाल्नोस् र टाउको बाहिर निकालेर फोक्सोभरि श्वास लिएर झ्याल बन्द गर्नोस्।

कृपया, उडिरहेको विमानबाट शरीरको कुनै पनि अंग बाहिर ननिकाल्नोस्, जमिनका मान्छेको टाउकामा पर्न सक्छ। हामीसँग चारवटा आपत्कालीन द्वार भएकाले दीर्घशंका वा लघुशंकाले आपत् पारे नाकलाई सक्रिय बनाउनोस्, नाकका चालामा आपत्कालीन द्धारमा पुग्नोस् र 'आपत् विर्सजन' गर्नोस्।

हामी काठमाडौं, गोरखपुर, दिल्ली, ढाकाको रुट हुँदै हङकङ पुग्नेछौं। नेपाल, भारत तथा बंगालादेशको सीमा नकाटुञ्जेलसम्म हात तथा टाउको बाहिर ननिकाल्नोस्। घडी, औंठी, सिक्री लुटिएमा एयरलाइन्स जिम्मेवार हुनेछैन।

अवतरण समयमा यदि जहाजको पाङ्ग्रा नखुले डोरीको सहायताले झ्यालबाट बाहिर निस्किएर पाङ्ग्रा मर्मत गर्न सक्नुहुनेछ, जसले मर्मत गर्छ, उसले स्वर्गलोक-नर्कलोक र मत्र्यलोकको 'राउन्ड टिकट' पाउनुहुनेछ। 

उडिरहेको जहाजमा पेट्रोल सकिए आफूसँग ल्याएको छाता खोल्नुहोस्, त्यसको अंकुसे डन्डी आफ्नो टि-सर्टको कलरमा झुन्ड्याउनोस्, उँधोमुन्टो लगाएर फाल हाल्नोस्, राम नाम सत्य होस्।

 View ads about: 

Comments

No Comments Yet.

Add New Comment

Type in Nepali (Press Ctrl+g to toggle between English and Nepali)

अन्य सिस्नुपानी...

सज्जन तथा महिलावृन्द,'मेड इन नेपाल एयरलाइन्स'मा स्वागत छ। 'कप्तान्' कान्छा मामा, 'ग्लास तान्' ठूली आमा तथा फ्लाइट एटेन्डेन्ट 'मिस जामा' यहाँहरूलाई स्वागत गर्छौं। अब हामी विमान उडानसम्बन्धी केही जानकारी राख्दैछौं, कृपया कान खोलेर सुन्नुहोला।
Read more...
नेपाङ्ग्रेजीको कक्षामा 'काल'का बारेमा पढाइ हुँदै थियो। शिक्षकले सोध्नुभयो- 'यो वाक्यलाई 'भविश्यत्काल'मा रूपान्तरण गर- 'मैले म्यारिज गरें।' पछिल्लो पंक्तिमा बसेकी विद्यार्थीले जुरुक्क उठेर जवाफ दिइन्-'म डिभोर्स गर्नेछु।'
Read more...
आशिषको अन्योलदसैंमा 'आशिष'को ठूलो महत्व हुन्छ । यसले मान्छेमा ऊर्जा थप्छ र आत्मविश्वास बढाउँछ । तर, दसैंमा दिइने परम्परागत आशिषले वर्तमान समयलाई सम्बोधन गर्छ कि गर्दैन, सवाल त्यो हो । आउनुहोस्, यस विषयमा 'गजु-रियल' विश्लेषण गरौं ।
Read more...
‹ Prev 1 2 3 4 5 6 7 8 9 ... 14 Next ›
महंगीले यातायात त प्रयोग गर्ने नसकिने भो गाँठे ! अब के होला ?
सबै नेपाली हुन्छन स्लीम
गाडी भाडामा तलब चिलिम
जनता हुनेछन फायर
सडकमा बढ्ने छ टायर
जनताको सरकार धन्य
कुनैपनि होइन, अन्य
 View Result